नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन् ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८०।०६।१७ उनको निर्णय (मन्त्रीस्तर) अनुसार उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।

उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । आज देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्ने भएकी छन् ।

उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति लिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *