च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र बार्सिलोनाको लगातार दोस्रो जित

काठमाडौँ । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले जर्मनी क्लब आरबी लेइपजिंगलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा फिल फोडेन, जुलियन अल्भारेज र जेरेमी डोकुले एक एक गोल गरेका थिए । त्यसैगरी लेइपजिंगका लागि लोइस ओपेन्डाले एक गोल गरेका थिए ।

समूह जी मा रहेको सिटीको यो लगातार दोस्रो जित हो । यो जितपछि म्यानचेस्टर सिटीको २ खेलमा ६ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ ।
आरबी लेइपजिंगको २ खेलमा ३ अंक छ र लिग समूहमा दोस्रो स्थानमा रहेको छ ।

बार्सिलोनाले पनि लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले पोर्चुगीच क्लब पोर्टोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा खेलको ४५औं मिनेटमा फेरान टोरेजले गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा खेलको ९३औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि बार्सिलोनाका गाभीले रातो कार्ड पाउँदै मैदान छोडेका थिए । यो जितपछि समूह एचमा रहेको बार्सिलोनाको २ खेलमा ६ अंक भएको छ र समूहमा शीर्ष स्थानमा छ । पोर्टोको २ खेलमा ३ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *