कुमारी क्यापिटलको विशेष लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न
काठमाडौँ । कुमारी क्यापिटलले ‘विश्व लगानी सप्ताह २०२३’ को अवसरमा विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरी स्थानीय लगानीकर्तामा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन), कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममिन शाक्य र कुमारी क्यापिटलका मर्चेन्ट बैंकिङका प्रमुख सविन बुढाथोकी सहभागी थिए ।
पाल्पाको तानसेनमा बसोबास गर्ने स्थानीय लगानीकर्तालाई सेयर बजारमा सहभागिता जनाउन र लगानी सम्बन्धी जानकारीका निर्णय गर्नका सम्भावित फाइदाबारे जानकारी गराउने उद्देश्यले पाल्पास्थित कुमारी बैंक, पाल्पा, तानसेन शाखासँगको सहकार्यमा लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
सेबोनको प्रतिनिधित्व गर्दै बसन्त रसालीले आफ्नो सम्बोधनमा नियामक पालन र जिम्मेवार लगानीको महत्त्वमा जोड दिए। उनले नेपालको धितोपत्र
बजारलाई नियन्त्रण गर्ने नियामक ढाँचामा अन्तर्दृष्टि प्रदान गरे र सहभागीहरूलाई सेबोनले तोकेका दिशानिर्देशहरूको पालना गर्दै लगानीका अवसरहरू खोज्न प्रोत्साहित गरेका थिए ।
कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममिन शाक्यले सेयर बजारको लगानी रणनीतिबारे बहुमूल्य अन्तर्दृष्टि साझा गनुका साथै धितोपत्रमा लगानी गर्दा हुने दीर्घकालीन फाइदाहरूबारे चर्चा गरे ।
लगानीकर्ता सचेतना कार्यक्रममा स्थानीय लगानीकर्ताहरूको सक्रिय सहभागिता देखियो जसले उत्साहपूर्वक छलफलमा संलग्न थियो भने स्टक बजार लगानीको बारेमा प्रश्नहरू उठाएका थिए ।