डेंगु सङ्क्रमण बढ्यो, दुई दिनमा १५ सय भन्दा बढी सङ्क्रमित
मकालु खबर
२०८० असोज २३ गते
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।
गएको दुई दिनमा १५ बढी सङ्क्रमित भएका छन् ।
ईडीसीडीले प्रकाशन गरेको तथ्याङ्कमा दुई दिन अघि सङ्क्रमित सङ्ख्या ३५ हजार २२३ जना सङ्क्रमित थिए ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका ९ईडीसीडी० को तथ्याङ्कअनुसार हालसम्म ३६ हजार ७४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएका छन् ।
आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।
सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै दोस्रोमा तनहुँ जिल्लामा ३ हजार ७१० जना सङ्क्रमित छन् ।
मकालु खबर
२०८० असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित