सञ्चय कोषबाट घर सापटी कर्जा कसरी लिने ? यस्तो छ ब्याजदर

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताहरुलाई आवासको व्यवस्था गर्न घर सापटी कर्जा दिँदै आएको छ । कोषले ०८० भदौदेखि ‘सञ्चयकर्ता घर सापटी कर्जा’ दिन सुरुवात गरेको हो ।

तर, घर सापटी कर्जा लिनका लागि सञ्चय कोषको सञ्चयकर्ता हुनैपर्छ । सञ्चयकर्ताले घर बनाउन सञ्चय कोषले दिने घर सापटी कर्जा सबैभन्दा उपयुक्त हुन सक्छ । सञ्चय कोषको कर्जाको ब्याजदर अरु बैंक तथा वित्तीय संस्थाहरुको भन्दा तुलनात्मक रुपमा सस्तो पनि हुन्छ ।

कर्जाको ब्याजदर
कोषले ब्याजदर आर्थिक वर्ष ०८०/८१ का लागि विशेष सापटी कर्जाको ब्याजदर ८.६० प्रतिशतदेखि ९.७५ प्रतिशतसम्म कायम गरेको छ ।

विशेष सापटीतर्फ सञ्चय कोष रकमको ८० प्रतिशतसम्म कर्जा लिन पाइन्छ, जसको ब्याजदर सबैभन्दा सस्तो ८.६० प्रतिशत रहेको छ ।

घर सापटी कर्जा र जग्गा खरिद सापटी कर्जा अधिकतम एक करोड रुपैयाँसम्म लिन पाइन्छ, जसको ब्याजदर ९.२५ प्रतिशत रहेको छ । घर मर्मत सापटी २५ लाखसम्म लिन पाइन्छ । यो कर्जाको ब्याजदर ९.२५ प्रतिशत रहेको छ ।

यस्तै, शैक्षिक सापटी १० देखि २५ लाख रुपैयाँसम्म ९.२५ प्रतिशत ब्याजदरमा र सरल चक्रकर्जा ३० लाखसम्म ९.२५ प्रतिशत ब्याजदर रहेको छ ।

घर सापटी कर्जा लिने प्रकृया
सञ्चय कोषले नयाँ घर निर्माण गर्न, घरको तला थप गर्न र घर खरिद गर्न कर्जा सापटी दिने गर्छ ।

योग्यता:
एक वर्ष नियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ वर्ष सेवा बाँकी रहेको

सीमा:
धितो मूल्यांकनमा नबढ्ने गरी बढीमा रु. १ करोड:

२-५ वर्ष सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा ८ वर्षको तलबमान ।
५-१० वर्ष ‍‍‍ सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १२ वर्षको तलबमान
१० वर्षभन्दा बढी सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १५ वर्षको तलबमान

अवधि:
ग्रेश अवधि सहित अधिकतम २० वर्ष

सापटी प्रवाह:
कम्तीमा २ किस्ता र घर निर्माणको हकमा कार्य प्रगतिको आधारमा अधिकतम ४ किस्ता, प्रथम किस्ता ५० प्रतिशत सम्म हुने, तर घर खरिदको हकमा एकमुष्ठ प्रदान गरिने ।

सापटी प्रवाह:
डिपीसीको कार्य सम्पन्न भए पछि मात्र प्रवाह हुने, एउटै धितोले खामे सम्म पती पत्नी दुबै जनाको तलबमानबाट सापटी दिन सकिने

आवश्यक कागजातहरु

  • कोषको परिचयपत्र
  • सम्बन्धित कार्यालयको सिफारिस सहितको दरखास्त फाराम
  • जग्गाको लालपूर्जा
  • स्वामित्व प्राप्ति लिखत
  • जग्गाको नापी नक्सा र नापी शाखाबाट प्रमाणित ट्रेस पेपर
  • घर निर्माणको इजाजतपत्र
  • जग्गा धनी तथा ऋणीको नागरिकता र नाता प्रमाणित पत्र
  • चार किल्ला ( ९सक्कल पत्र)
  • नापी नक्सा ( ९सक्कल)
  • चालु आवको मालपोत तिरेको रसिद
  • सम्बन्धित कार्यलयबाट अवकाश हुने मिति र तलवमान खुलेको पत्र
  • घर खरिदकर्ता र बिक्रिकर्ताको सम्झौता (घर खरिदको लागि मात्र)
  • ५० लाख भन्दा बढीको लागि स्वःघोषणा पत्र

नेपालहोम्सबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *