फेडेरलको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र पत्र नेपालकै पहिलो पहिलो पब्लिक लिमिटेड
कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा कम्पनीको रजिष्र्टड कार्यालय नक्सालमा सम्पन्न भएको छ ।

उक्त साधारण सभामा संस्थापक समूहबाट रिक्त सञ्चालक पदमा विराटनगर–१२, मोरङ निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गर्यो । साथै, सामान्य प्रस्ताव तर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन, २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ।व २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गर्यो ।

साथ, विशेष प्रस्ताव तर्फ सर्वसाधारणलाई शेयर निष्कासन ,कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्राउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरियो ।

उक्त समारोहमा संस्थालाई योगदान पुर्याउने संस्था, व्यक्ति तथा कर्मचारीहरूलाई सम्मान प्रदान समेत गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *