सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा
काठमाडौँ । बिहीबार बसेको बैंक सञ्चालक समितिको ४१८ औँ बैठकले आ.व २०७९/८० को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ४.२१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको हाल कायम रहेको चुक्ता पुँजी रु. १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ९० (अक्षरेपि चौध अर्ब आठ करोड उनान्सय लाख असी हजार एक सय नब्बे रुपैयाँ मात्र) मा ४।२१५ बराबरको ५९,३१,८८,१६६ (अक्षरेपि उनन्साठी करोड एकतीस लाख अठासी हजार एक सय छैसठ्ठी रुपैंया मात्र) नगद लाभांश ९कर प्रयोजनको लागि समेत० प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि तथा बैंकको आगामी साधारण सभाबाट पारित भए पश्चात् मात्र वितरण गरिनेछ ।
बैंकले आर्थिक वर्ष २०७९।८० मा रु ३ अर्ब १६ करोड खुद नाफा आर्जन गरेको छ र यस मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा रु २६ करोड अर्थात् ९.११५ को वृद्धि हो । यसै गरी बैंकको वितरणयोग्य मुनाफा रु ६६ करोड कायम रहन आएको छ ।
खुसद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केही सङ्कुचन आएको देखिन्छ जसको मुख्य कारण बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट रु १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि पुजी फिर्ता जगेडा कोषमा विनियोजन गरिएकाले हो ।
यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भए पश्चात् शेयरधनीहरुलाई नै वितरण गरिन्छ । यसर्थ उक्त विनियोजित रकम रु १ अर्ब ४६ करोड समेत गणना गर्दाको अवस्थामा बैंकको वास्तविक वितरणयोग्य मुनाफा रु २ अर्ब १२ करोड कायम हुन आउँछ जुन प्रतिशतको हिसाबमा हेर्दा १५.०७ प्रतिसतको ५ को प्रतिफल हो ।
यसैगरी प्रतिकुल बजार अवस्थाका बावजुद बैंकले निष्क्रिय कर्जाको अनुपातलाई २.०१५ मा सीमित गर्न सफल भएको छ, जुन अघिल्लो त्रैमासको निष्क्रिय कर्जाको अनुपात ३.९५५ को तुलनामा ४९.११५ को सुधार हो ।
२०८० असार मसान्तमा बैंकको चुक्ता पुँजी रु। १४ अर्ब ८ करोड रहेको छ भने जगेडा कोष रु. ११ अर्ब २२ करोड रहेको छ । बैंकको नेटवर्थ रु. २५ अर्ब ३१ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षभन्दा रु. ३ अर्ब १ करोड ले वृद्धि भएको छ ।
बैंकले यस आर्थिक वर्षमा रु. ५९ करोड नगद लाभांश वितरण गरे पश्चात् पनि बैंकको नेटवर्थ अघिल्लो आ.व भन्दा १४.४३५ ले वृद्धि हुने देखिन्छ ।