केदार कार्कीकै हस्ताक्षर लिएर इन्द्र आङ्बोको दाबी, मुख्यमन्त्री बन्ने सम्भावना कम

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेश गर्दा कांग्रेस सांसद केदार कार्कीको पनि हस्ताक्षेर बुझाएका छन्।

तर इन्द्र आङ्बोले दाबी गरेको केहिबेरपछि कार्की आफैं मुख्यमन्त्री बन्ने गरी दाबि लिएर पुगे। कार्कीले मुख्यमन्त्रीमा दाबी गरेसँगै इन्द्र आङ्बो मुख्यमन्त्री बन्ने सम्भावना कम भएको छ।
कार्कीले एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको हस्ताक्षर गरी आवश्यक बहुमत ४७ पु¥याएका छन्।

तर अर्का दाबेदार आङ्बोको पक्षमा भने केदार कार्कीले मत नहाल्दा पनि बहुमत पुग्दैन। दुवै पक्षले ४७/४७ सांसदको हस्ताक्षर बुझाएका छन्।

कांग्रेसका दाबेदार कार्की शेखर कोइराला समूहका हुन्। यसअघि शेरबहादुर देउवा समूहका उद्धव थापाले मुख्यमन्त्रीमा दुई पटक दाबी पेश गरेका थिए। तर उनी दुवै पटक विश्वासको मत पाउन नसकेर पदमुक्त भएका थिए।

उनी पदमुक्त भएपछि ठूलो दलको होइसियतले मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पनि विश्वासको मत लिन सकेनन्। उनले राजीनामा दिएका थिए।

अहिले उनले सत्ता गठबन्धनका सांसद कार्कीलाई समर्थन् गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *