कांग्रेसका ८ सांसदहरूले गरे प्रदेश प्रमुखसामु आङ्बोको दाबी खारेज गर्न माग
मकालु खबर
२०८० असोज २५ गते
गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीसहितका आठ सांसदहरूले प्रदेश प्रमुखका सामु आफ्नो हस्ताक्षर सनाखत गरेका छन् ।
कार्कीसहित आठ सांसदसहितको हस्ताक्षर लिएर नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उनीहरूले प्रदेश प्रमुख सामु हस्ताक्षर सनाखत गरेका हुन् ।
मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीले आफूहरू सशरीर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत गरेकाले अन्य कुनै सदस्यले पेस गरेको दाबी झुटो भएकाले खारेज गर्न मागसमेत गरेका छन् ।
आफूहरूले आङ्बोको समर्थनमा हस्ताक्षर नगरेको बताउँदै उनले उक्त दाबीलाई खारेज गर्न निवेदनसमेत दिएका छन् ।
कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ ।
मकालु खबर
२०८० असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित