उड्डयन र रेल उद्योग स्तरोन्नति गर्दै ह्वावेको डिजिटल र इन्टेलिजेन्स फाउन्डेसन
काठमाडौँ । ह्वावे कनेक्ट २०२३ सँगैह्वावेको एभियसन र रेल बियूले तीन वटा विश्वव्यापीशिखर सम्मेलनहरू आयोजना सम्पन्न गरेको छ ।
ह्वावेले उद्योगकाग्राहक, नेतृत्वकर्ता, प्राविधिकविशेषज्ञ र साझेदारहरूसँग उद्योगको इन्टेलिजेन्स क्षमता बढाउनका उत्कृष्ट अभ्यासहरू छलफल गरेको थियो ।
अपग्रेड गरिएको डिजिटल र इन्टेलिजेन्ट फाउन्डेसन प्रयोग गरेर ह्वावेले उद्योग परिदृश्यहरूमा बहु–आयामी सचेतना, सर्वव्यापी जडान र खुला प्लेटफर्महरू मार्फत उड्डयन र रेल क्षेत्रलाई थप विकास गरेको ह्वावेले जनाएको छ ।
चाइना वेस्ट एयरपोर्ट समूह सिडब्लुएजीले संयुक्त रूपमाव्यापकबौद्धिक रूपान्तरण रणनीति विकास गर्न ह्वावेलाई छनोट गरेको छ ।
उनको कम्पनीले ह्वावेको उच्च प्रदर्शन कम्प्युटिङ पावर र ओपन इन्टेलिजेन्ट प्लेटफर्महरू साथै उद्योगका लागि उन्नत एल्गोरिदमहरू प्रयोग गरेर सुरक्षा, सञ्चालन, सेवाहरू र अन्य परिदृश्यहरूको लागि ३५ वटा इन्टेलिजेन्स समाधानहरू सिर्जना गरेको सडब्लुएजीका डेपुटी जनरल म्यानेजर लिनबिनले बताए ।
लिन बिन, चाइना वेस्ट एयरपोर्ट समूहका उपमहाप्रबन्धक
हवाईअड्डा सञ्चालनका लागि, डिजिटल र इन्टेलिजेन्ट ग्राउन्ड ह्यान्डलिङ समाधानहरूले उडानहरू, यात्रुहरू र स्रोतहरूको वास्तविक–समय ९रियल टाइम० स्थितिसाथै तत्काल चेतावनी समेत दिने गर्दछ ।
तिनीहरूले आवश्यकताअनुसार ग्राउन्ड ह्यान्डलरहरू पठाउन सक्छन् । यी समाधानहरूले ग्राउन्ड व्यवस्थापनको क्षमतालाई २० प्रतिशतले बढाउँछ र १७प्रतिशतले समयको बचत समेत गराउँछ । त्यसैगरी, स्मार्ट एयरपोर्ट सञ्चालन समाधानहरूले उत्कृष्ट उडान योजनाको मोडेल प्रस्तुत गरेको छ जसले आपूर्ति–मागमिलान र एआई–सहायता अपरेसन कमाण्ड प्राप्त गरेको छ ।
लि जनफेंग, ह्वावेका उपाध्यक्ष र ह्वावेको एभियसन एण्ड रेल बियूका सिइओ
विकसित प्रविधिहरूले उद्यम डिजिटल रूपान्तरण र स्तरवृद्धि गर्न चुनौती र अवसर दुवै ल्याएका छन् । ह्वावेकाउपाध्यक्ष र ह्वावेको एभियसन एण्ड रेल बियूका सीईओ लीजुनफेङले ग्लोबल रेलवे शिखर सम्मेलनमा उद्घाटन भाषण दिएका थिए ।
उनले जीएसएम– आर बिस्तारै बजारबाट बाहिर निस्कँदा रेलवे उद्योगलाई दक्षता र फाइदा दिन, साथै उच्च–गुणस्तरको विकास कायम राख्नअर्को पुस्ताको मोबाइल सञ्चार प्रणाली आवश्यक रहेको बताए ।
उनले ह्वावेले रेलवे उद्योगलाई अझ राम्रो सेवा दिन कसरी एआईको प्रयोग गर्न सकिन्छ भन्ने बारे काम गरिरहेको र अभ्यासहरू निर्माण गरेको उल्लेख गर्दै यस यात्रामा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताए ।
उनले भने– ’ह्वावेले हाम्रा साझेदारहरूसँग एआइ अन्वेषण गर्न सही परिदृश्यको लागि सही प्रविधि खोज्न र अन्ततः व्यापार सफलतामा योगदान पुर्र्याउनेछ ।’
वांगगुओयू, ह्वावेको एभियसन एण्ड रेल बियूका सीओओ
ह्वावेको एभियसन एण्ड रेल बियूका सीओओ वाङ गुओयुले ह्वावेले यो कसरी हासिल गर्छ भनेर वर्णन गरे । वाङका अनुसार ह्वावेले डाटा, कम्प्युटिङ पावर, एल्गोरिथ्म र उद्योग परिनियोजक चुनौतीहरूमाध्यान केन्द्रित गरेको छ ।
यसले उद्योगहरूलाई सेन्सिङ, कनेक्टिभिटी र प्लेटफर्म एप्लिकेसन लेयरहरू अपग्रेड गर्न र स्मार्ट विकासलाई बढुवा दिन डिजिटल र इन्टेलिजेन्ट फाउन्डेसनलाई थप सुदृढ गर्न प्रेरित गर्छ ।
थोमस सु, ह्वावेको एभियसन एण्ड रेल बियूका उपाध्यक्ष
बौद्धिकीकरण विश्वभरका र उद्योगका सबै खेलाडीहरूको लागि अवसर हो । ह्वावेको एभियसन एण्ड रेल बियूका उपाध्यक्षथोमस सुले भने, ’ह्वावेको आधारभूत प्रविधिहरूका लागि धन्यवाद, अपग्रेड गरिएको अर्बन रेल क्लाउड ३.० इन्टेलिजेन्ट स्वायत्त र सहयोगी छ, जसले सहरी रेल क्लाउड प्लेटफर्म र स्टेसनहरू बीचको तालमेललाई सफल बनाउँछ, यसमा धेरै प्रकारका डाटा, सुरक्षा र ओ एण्ड एम जस्ता पक्षहरू रहेका छन् । उपाध्यक्ष सुका अनुसार, यी समाधानले केन्द्रीकृत रुपमा व्यवस्थापन गर्छ र सहरी रेल उद्योगको लागि गुणस्तर र दक्षता दुवै सुधार गर्दछ । ह्वावेले ठूलो डाटा र एआई एल्गोरिदमहरू प्रयोग गरेर वुहान मेट्रोमा यात्रु ट्राफिकको छोटो अवधिको भविष्यवाणी तथा वास्तविक–समय (रियल टाइम) निगरानीको लागि मद्दत गरेको छ । यसले व्यक्तिगत तथा स्टेसन कर्मचारीहरूलाई यात्रु ट्राफिकको वास्तविक–समय स्थिति र छोटो अवधिको परिवर्तनको अवस्था स्पष्ट गर्नुका साथै ३० मिनेट देखि केही घण्टासम्मको ठूलो यात्रु ट्राफिकको व्यवस्थापन र निर्देशन समेत तयार गर्दछ ।