नवनियुक्त मुख्यमन्त्रीको शपथ भोलि दिउँसो
मकालु खबर
२०८० असोज २७ गते
काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आइतबार हुने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आज मुख्यमन्त्रीमा नियुक्त गरेका कार्कीको शपथग्रहण आइतबार दिउँसो १ बजे हुने भएको हो ।
कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदले समर्थन गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै निवेदन दिएका थिए । उक्त हस्ताक्षरको सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मकालु खबर
२०८० असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित