स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौँ । काठमाडौँको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सहकारी पक्षबीच सहमति भएको छ ।

विभिन्न मागसहित दुई सातादेखि आन्दोलनरत कर्मचारीले सहमतिसँगै आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित संवाद समिति र स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिबीच हिजो शनिबार भएको वार्तामा २० बुँदै सहमति भएको हो ।

मन्त्रालयका सहसचिव भट्टराई, संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

स्थानीय तहका कर्मचारीले दुई सातादेखि संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने लगायतका मागसहित माइतीघरमा आन्दोलन गर्दै आएका थिए ।

यस्तो छ, सरकार र स्थानीय तहका कर्मचारीबीचको सहमति पत्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *