मुलुकले कृषिमा फड्को मारोस् भन्ने राज्यको चाहना छैन : पवन गोल्यन(भिडिओ)

मुलुकको आर्थिक समृद्धि कृषिबाट मात्रै सम्भव छ

काठमाडौं । नेपालमा हरेक वर्ष कृषिजन्य वस्तुहरुमा खर्बौं आयात हुनेगर्छ । जसमा चामल, मकै, गहुँ र हरियो तरकारी समेत अन्य मुलुकबाट आयात भइरहेको छ ।

कृषिप्रधान देशमा वार्षिक खर्बौंको कृषिजन्य उत्पादन आयात हुन सुखद् होइन । मुलुकेको व्यापार घाटा वृद्धि हुँदै जानु कृषिजन्य वस्तुको आयात नै हो । मुलुक उत्पादन वृद्धि भन्दा पनि आयातमुखी अर्थतन्त्रमा तल्लिन छ ।

कृषि उत्पादन बढ्ने भन्दा घट्दै गएको छ । कृषिप्रधान देश भएर पनि कृषिजन्य वस्तुहरु आयात भइरहेको अवस्थामा नेपालको व्यवसायिक समूह गोल्यान गु्रपका अध्यक्ष पवन गोल्यान नेपाललाई कृषिमा आत्मनिर्भर बनाउँदै र किसानको समेत आम्दानी पाँच वर्षमा दोब्बर बनाउने लक्ष्यका साथ कृषि क्षेत्रमा लागेका छन् ।

उनले पूर्वी नेपालमा २ सय बिघा जमिनमा कृषि खेती अघि बढाइसको छन् । तराईमा मात्रै नभएर अब पहाडी जिल्लाहरुका पालिकाहरुसँगको सहकार्यमा किसानले उत्पादन गरेको कृषि उत्पादन ‘माटो’ ब्राण्डमार्फत बजारमा लैजाने र विदेश समेत निर्यात गर्ने योजना बनाएका छन् ।

न्युज एजेन्सी नेपालले बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष तथा उद्योगी पवन गोल्यनसँग नेपालमा कृषि क्षेत्रमा लाग्नुको कारण, नेपालको कृषि क्षेत्रको सम्भावना, समस्या, समाधानका उपायहरूका बारेमा संक्षिप्त कुराकानी गरेको छ ।

बैंक तथा वित्तीय संस्था र उद्योगलाई छाडेर कृषिमा जोडिनुभएको छ, कृषिमा नै जोडिनुको कारण के छ ?

किसानको आयआर्जन बढोस् भन्ने मेरो चाहना हो । यससँगै कृषि प्रशोधन उद्योगहरूले साना उद्योगी जन्माउनुप¥यो भनेर यसमा लागेको हुँ । यसका लागि हामीले १०–१२ ठाउँमा टाइअप गरेका छौं । माटो ब्राण्डमा महिलाले उत्पादन गर्ने अचार, मह, घिउ लगायत संकलन गर्न सहकार्य गरेका छौं । यस्तै हिमाली रसुवाको पानी रद्रगंगा फ्क्ट्रीले उत्पादन गरेको छ । हामीले बजारीकरण गरिदिएका छौं । साना उद्यमीलाई टेवा पुगोस् भनेरै माटो ब्राण्डमा जोडेर बजारीकरण गरिएको हो। यी काम मैले व्यक्तिगत स्वार्थका लागि होइन, समग्र साना उद्यमीलाई सहज होस् भनेर गरिएको हो। यसले देश त बन्छ। कृषि भनेको सजिलो काम होइन। आजको भोलि नाफा आउँदैन। यसलाई दिगो नाफामुलक बनाउन अरू कर्पोरेट हाउस पनि छिर्नुपर्छ । खेतीको जग्गा घडेरीमा नजाओस् भन्ने मेरो चाहना हो। यहाँ खाद्य सुरक्षा छैन। यसको सुरक्षा गरेर आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने मेरो चाहना छ। साथै मेरो सपना भनेको सबै नेपालीहरू स्वस्थ होउन भन्ने हो। उमेर ढल्केसँगै हरेकले बढी औषधि खानु परिरहेको छ। धेरै पैसा औषधि उपचारमा खर्च हुन थालेको छ। विषादीरहित खानामा ध्यान दियौं भने सबै नेपालीको स्वस्थ जीवन जिउन मद्दत पुग्छ । अब हामीले पालिकाहरूसँग सम्झौता गरेर करार खेतीमा जाने योजना बनाएका छौं। पालिकामार्फत किसानसँग करार खेती गर्दा भरपर्दो हुने भएकाले यस्तो गर्न खोजेका हौं। यसबाट किसानलाई अर्गानिक उत्पादन गर्न बिउ, बिरुवा, उपलब्ध गर्ने, लगाउनु अघि कसरी फलाउने सिकाउने, जैविक मल र विषादी कसरी बनाउने भनेर सिकाउने र फलाउनुअघि नै मूल्य तय गरिदिन्छौं। जस्तै कसैको १ बिघा जमिन छ भने उसँग २ वर्षको करार हुन्छ। अहिले ५० हजार पनि आम्दानी छैन भने हामीले २ लाख आम्दानी गराउँछौं। अझै यसैगरी किसानले ५ वर्षसम्म हामीसँगै जोडिए भने यसअवधिमा ५ लाख आम्दानी पु¥याउँछौं ।

कृषि उत्पादन गर्न किसानहरुले मल,बीउ, सिंचाई लगायत वन्यजन्तुको समस्या भोग्नुभएको छ, वन्यजन्तुको समस्या समाधान गर्न राज्यले के कदम चाल्नुपर्छ वा कस्तो नीति लिन आवश्यक छ ?

किसानहरु हामी सबैको अन्नदाता हो । कुनैपनि देशमा सबै काम किसानले नै गर्नुपर्छ भन्ने विश्वमा कहीँ छैन । नेपाली अन्नदाता किसानहरुलाई सबै काम काँधमा बोकाउने काम भएको छ । किसानलाई सबै भन्दा पहिला राम्रो बीउ कहाँबाट ल्याउने भन्ने पत्ता लगाउन ग्राहो छ । त्यसको पनि खोजेर किसान आफैँले व्यवस्था गर्नुपरेको छ । मलको अभाव भएर कसरी मल प्राप्त गर्ने भन्ने समस्या छ । यी सबै समस्या झेल्दै केही उत्पादन ग¥यो त्यो पनि वन्यजन्तुहरुले खाई दिने र वन्यजन्तुबाट बचेको उत्पादन बजारमा बेच्न बजार र मूल्य नपाउने अवस्था छ । नेपाली किसानलाई सबै काम आफैँ गर भन्ने भएको छ । यस्ता समस्याको कारण किसानहरु माथि उठ्न सकेका छैनन् । त्यसकारण अब किसानले अन्य समस्या झल्नु नपरोस् र उनीहरुले उत्पादन मात्रै गर्नुपर्ने वातावरण बनाउन लाग्नुपर्छ । नेपालका पूर्वदेखि पश्चिमसम्म विभिन्न वन्यजन्तुहरुले बाली नष्ट गर्ने गरेको अवस्था छ । वन्यजन्तु बदेल,दुम्सी,बादर लगायतका समस्या रामेछाप,दोलखा,काभ्रे लगायतका क्षेत्रमा बढी आतंक देखिएको छ । त्यहाँका किसानहरुले जतिखेती लगाए पनि आलु,मकै बदेल र अन्य फलफूल लगायतमा बादरले दुःख दिने गरेको पाइयो । नेपालको पूर्वदेखि पश्चिमसम्म जाँदा हात्ती,निलगाई,अर्ना र बाँदरलाई सरकारले समेत कन्टोल नगरी कृषि उत्पादन जोगाउने कुनै उपाय छैन । सरकारले वन्यजन्तु बाँदर,दुम्सी,बदेल,हात्ती नियन्त्रणको लागि राज्यले कुनै न कुनै नीति तत्काल ल्याउनुपर्छ । नत्र मुलुकको पहाडी भेग रित्तो हुने तर बाँदरको जनसख्या वृद्धि हुँदै जाने अवस्था छ । अहिले नेपालबाट हरेक दिन ७ देखि १० हजार मानिसहरु विदेश गइरहेको अवस्था छ । सरकारले वन्यजन्तुको नियन्त्रण नगरी खाद्यको सुरक्षा हुन सक्दैन । खाद्यन्नमा ४ खर्बको खाडल पूर्ण सक्ने अवस्था छैन । २ खर्ब रहेकोमा ५ वर्षमा डब्बल भयो । यस्तै भइरहे भोलिको दिनमा हामीलाई खानको लागि पनि पुग्दैन । अहिले सबैतिर कृषि पेशमा लाग्नेहरु युवाहरु छैनन् । सबै ५० माथिमा मानिसहरु मात्रै कृषिमा हुनुहुन्छ । गाउँघरमा आय स्रोत नहुँदा सबै विदेश जानुपर्ने बाध्यता छ । पहाडी क्षेत्रमा धेरै राम्रो हावापानी रहेको छ । त्यहाँ बस्न र त्यहाँ उत्पादन भएको खानेकुरा खाँदा मानिस समेत स्वार्थ बन्नसक्छ । त्यस्ता ठाउँहरुमा कृषि उत्पादन वृद्धि गर्न आवश्यक छ तर वन्यजन्तुबाट उत्पादन भएको वस्तुहरु जोगाउन समस्या छ ।

खेतीबालीमा वन्यजन्तुको आंतक रोक्न राज्यले कस्तो भुमिका खेल्यो भने मात्रै किसानहरुले वन्यजन्तुको आंकतबाट राहत पाउन सक्छन् ?

किसानले उत्पादन गरेको बालीमा वन्यजन्तु लाग्छ भने राज्यले वन्य जन्तुलाई वनमा राख्न सक्नुपर्छ । वन्यजन्तुहरु खेतखारीमा आउन दिनु भएन । सरकारले कृषि उत्पादन र उत्पादित सामानको वन्यजन्तुवाट सुरक्षित राख्ने विषयमा कुरा मात्रै होइन । उपयुक्त नीति बनाएर वन्यजन्तुको आतंक रोक्न नसके सबैतिर मानिसहरु भन्दा बढी वन्यजन्तु मात्रै हुने अवस्था नआउला भन्न सकिँदैन । सरकारले वन्यजन्तुलाई ४५ प्रतिशतको भू–भागमा सिमित कसरी गर्ने, कसरी नियन्त्रण गर्ने भन्ने नीतिगत योजना ल्याउनुपर्छ । किसानहरुलाई वन्य जन्तुहरुको आतंकबाट उन्मुक्ति दिलाउनुपर्छ । सरकारले यस्तो गर्न नसके हाम्रा खेतहरु बाझो नै हुन्छन् । विदेश जानेक्रम पनि रोकिँदैन । पहाडी भेग खाली हुँदा मानिसहरु बिस्तारै सहज ठाउँमा सर्दैछन् । पानी अन्य समस्या नभएको राम्रो क्षेत्रमा पनि वन्यजन्तु लगायतका समस्याको कारण खेती गर्न सकेका छैनौं । पछिल्लो समय यसले डरलाग्दो अवस्था सिर्जना हुँदै गएको छ । यसलाई रोक्न सक्नुपर्छ । यसमा सरकारले प्राथमिकताका साथ लाग्नुपर्छ । हामी सबैले यसलाई छलफलको विषय बनाउनुपर्छ । किसान अन्नदाता भएकाले सबैभन्दा पहिला सरकारले किसानलाई जोगाउनुपर्छ । जबसम्म सरकार किसानको लागि सेन्सेटिभ हुँदैनौं । तबसम्म जति नीति बनाए पनि हामी सफल हुन सक्दैनौं ।

कृषि क्षेत्रमा बीउ,मल,सिंचाई लगायत पछिल्लो समय वन्यजन्तुको पनि समस्या निम्त्याएको छ, राज्यका नीतिहरु पनि कृषि उत्पादन मैत्री छैनन्, यस्तो अवस्थामा कृषि क्रान्ति गर्ने भनेर लाग्नुभएको छ, यसलाई सफल बनाउने योजना कस्तो छ ?

नेपाल कृषि प्रदान देश भनेर म जन्मेदेखि भन्ने गरेको सुनेको हो । नेपालले त्यो बेला चामल,धान,जुट विदेशमा निर्यात गर्ने गथ्र्यौं । यति धेरै कृषि उपजहरु विदेश निर्यात गर्दा राम्रो आम्दानी थियो । तर अहिले बिस्तारै कृषि उपज सबै वस्तुहरु आयात गर्न थाल्यौं । नेपाल एकैचोटी कृषिबाट सर्भिस उद्योगतिर गयौं । यसले गर्दा कृषिमा अटोमाईजेशन,विविधिकरण आयो नत ठूला व्यवसायिक घरना कृषिमा लाग्यो । बाल्यकालमा आमाबुबाले राम्रो पढ नभएर हलो जोत्नुपर्छ भन्ने गरेको सुनेका थियौं । अब यसलाई नतिरी भएन । म कृषिमा लाग्नुको कारण कमाउन भन्दा पनि देशको लागि केही गरौं भनेर हो । अहिले पनि ६० प्रतिशत मानिसहरु किसान नै छन् । करेशाबारीमा लगाएर आफ्नो जीविका गर्नका लागि वा उत्पादन गरेर अरुलाई बेच्नको लागि होस् । जबसम्म अब हामी कृषि उत्पादनमा लाग्न सक्दैनौं । तबसम्म हाम्रो देशले आर्थिक रुपमा फण्डको मार्न सक्दैन । कृषि र वनपैदावर नेपालको धरोहर हो । किसानहरुलाई थाहा छ कुन ठाउँमा के हुन्छ । उनीहरुलाई करप क्यालेण्डर चाहिन्छ । कुन बाली लगायो भने बेच्दा राम्रो मूल्य पाउन सक्छौं र कति नाफा हुन्छ । कृषि उत्पादन र प्रशोधन धेरै ग्राहो काम होइन । मैले जन्मेदेखि कृषिमा भन्दा उद्योगधन्दामा बढी लागेको छु तर उद्योगधन्दा भन्दा पनि नेपालको लागि चाहिने दिगो विकासको लक्ष्य भनेको नै एक नम्बरमा कृषि पर्छ । कृषिमा अब लाग्नुपर्छ भने आफै लागेको हो । कृषि क्षेत्रमा नै सबै भन्दा राम्रो नाफा हुन्छ भनेर देखाउनु छ । यो च्यालेन्ज आफूले आफैँलाई दिएको छु । कृषिको लागि पूरै नेपाल घुम्न चाहन्छु । ७५३ स्थानीय तहमा पुग्न चाहन्छु । नेपालको तराई भन्दा पनि पहाडी भागहरु भुगोल फरक–फरक छ । कृषिलाई उद्योगको मोडलमा लैजानको लागि तयारी गर्न सकियो भने अरु व्यवसायी घरनाहरु पनि कृषिमा लाग्छन भन्ने हो । जनता एग्रोमार्फत सबैको पुँजीलाई एकिकृत गरेर कृषिमा फड्को मारौं भन्ने अठोटका साथ अगाडि बढेका छौं ।

उद्योग र बैंकिङ क्षेत्रमा लामो समय अनुभव प्राप्त गरेर अब कृषिमा लाग्नुभएको छ, किसानसँग तपाईहरु कसरी जोडिनु हुन्छ ?

तराईमा १० विघा जग्गा भएको किसानले मुस्किलले वर्षभरीमा ५० हजार कमाउँछ । त्यसलाई दुई वर्षमा दुई लाख पु¥याउने र पाँच वर्षमा ५ लाख पु¥याउने भन्ने योजना बनाएका छौं । त्यसको लागि कसरी खेती गर्नुपर्छ र केके मिक्स गरेर जानुपर्छ भन्ने कुरा हामीले तयारी गरेका छौं । त्यो मोडल अनुसार हामीले झापामा शुरु गरेका छौं । पहाडी क्षेत्रमा हामी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा शुरुवात गर्न लागेका छौं । पहाडी जिल्लाहरुमा परीक्षण गर्ने क्षणमा छौं । आशापुरी फर्म जोडिएपछि पहाडी क्षेत्रमा काम गरिरहेका छौं । बेसारमा करम्पुमेण्ट उच्च भएको बेसार लगाउने तयारीमा छौं । नेपालमा अहिले २ प्रतिशत भन्दा कम छ हामीले ५ प्रतिशत भन्दा बढी भएको बेसार फलाउने तयारीमा छौं । किबी पनि रातो किवीमा प्राथमिकता दिएका छौं । जुन सिजन भन्दा पहिला नै फल्छ । रामेछापमा भुईं स्याउ,खुरपार्ने,अंजिरको ठूलो सम्भावना देखियो । यसरी किसानको आय वृद्धि भएपछि किसान आफैँ जोडिन आउँछन् । पालिकाहरु आफैँ जोडिन आउनुहुन्छ । हामीले शुरुवात गर्ने भनेको झापाका ५ ओटा नगरपालिकासँग र पहाडी भेगको ३ गाउँपालिकामा जोडिन खाज्दैछौं । काठमाडौंको वरिपरि भएका नगरपालिकाहरुसँग पनि जाडिन कोशिस गर्छौं । एक वर्षमा यो मोडल सफल हुने बित्तिकै पाँच वर्षमा ५० हजार किसानसँग जोडिन त्यति समस्या छैन । कृषिमा अहिले समस्या छन् । कृषिमा काम नै गर्न नसक्ने समस्या छैनन् । सरकारले वन्यजन्तुको नियन्त्रण गरिदिनुपर्छ । अन्य समस्याको लागि हामी राज्यसँग यो गरिदिनु प¥यो भनेर राज्यसँग जाँदैनौं । त्यो बाहेकका समस्या हामी आफैँ समाधान गर्छौं । किसान,पालिका,नगरपालिको बीचमा हामी आफैँ समन्वय गछौं । सरकारले यसमा साथ दियो भने चाँडै सफल हुन्छ । स्थानीय सरकार हाम्रो लागि अत्यावश्यक पर्छ । हामी स्थानीय तहका सरकारसँग जोडिएर काम गर्न चाहन्छौं । त्यही हिसावमा लागेका हौं ।

सरकारले किसानलाई दिने सहुलियत र कृषिकर्जा समेत वास्तविक किसानलाई पुग्न सकेको छैन भने कसरी कृषि क्षेत्रको विकास बिस्तार र व्यवसायीकरण गर्न सकिन्छ ?

सरकारले किसानलाई दिने कृषि कर्जा वास्तविक किसानले नपाएको कुरा सत्य हो । केहीले पहुँचको आधारमा पाएका छन् । तर वास्तममा १० प्रतिशत किसानले पनि कृषि सहुलियत तथा सहुलियत पाउन सकेका छैनन् । तर पछिल्लो समय कर्जा लिएर कृषि उत्पादन भए पनि बजार पाउन सकेको छैन । बैंकबाट कृषि कर्जा लिएर उत्पादन गर्ने किसानहरु पनि कर्जा तिर्न सक्ने अवस्थामा छैनन् । जसको कारण किसानले मल,बीउ समस्या झेलेर उत्पादन गरेको बाली वन्यजन्तुले खाने र वन्यजन्तुबाट जोगिएको उत्पादन विचौलियाले खाइदिने गरेको छ । त्यस्तो हुँदा किसानको हातमा के त ? किसानले गरेको मेहनतको एक पैसा पनि आएन । किसानले लगाएको खर्च पनि उठेन । त्यसैले किसानहरु कृषिबाट पलायन भइरहनु भएको छ । किसानलाई राम्रो नाफा हुने गरी मोडल ल्याएर एक ठाउँमा सफल भए मात्रै पनि त्यस्ता समस्या तोडर जान समस्या हुँदैन । हेरक कामको थालनी गर्दा शुरुवातमा यस्तै ग्राहो हुन्छ । क्यालकुलेटर जोखिम लिएर भने व्यापार व्यवसाय हुँदैन । जीवनमा जति धेरै जोखिम आउँछ त्यति आनन्द आउँछ । अहिले मलाई कृषि क्षेत्रका चुनौतिहरुको सामना गरेर सफल बन्ने हुटहुटी त्यत्तिकै छ । अबको एक वर्षमा अहिले शुरु गरेको कृषि मोडल सफल हुन्छ । कृषिमा जोखिम भनेको किसानहरुलाई जोखिम नहुने गरी आफ्नै पैसाको जोखिम लिने हो । मैले पाँच वर्षमा सबै जोखिम पार गरेको छु । अब त्यो जोखिम पार भएको छ । जब आफ्नो पैसा लगाइन्छ तब नोक्शान भोगिन्छ त्यसपछि विग्यता त्यहीबाट आउँछ । किसानहरुको भलो हामीले अपनाएको मोडलबाट नै हुन्छ । पछिल्लो समय नेपालीहरुको खाने बिल भन्दा डाक्टरले दिएको औषधीको बिल बढेको छ । नेपालमा हामीले खेती ग¥यो भने नेपाल नै अर्को हुन्छ । बालक देखि वृद्धसम्म स्वार्थ हुन्छ भने पर्यटन आफैँ वृद्धि हुन्छ । हाम्रोमा कति सुन्दर डाडाहरु छन् । तर हामीले हाम्रो कुराहरुलाई प्राथमिकतामा राखेर प्रचार गर्न सकेका छैनौं ।

तपाई एक जना ठूलो व्यवसायीक घरना लागेर मुलुकमा कृषिमा क्रान्ति ल्याउन सम्भव छ ?

म आँखा चिम्लेर हाम फाल्न लागेको होइन । कृषिमा जसरी लागेको छु । नेपालको समृद्धिको लागि ठूलो सम्भावना देखेर लागेको छु । गाउँ–गाउँमा गएर किसानहरुको कुरा सुन्दा र हामीहरु जाँदा किसानहरुको अनुहारको खुशी हेरेर भोलि किसानको आम्दानी बढ्छ र किसानहरुको परिवार नै खुसी हुन्छ त्यो भन्दा राम्रो कुरा के हुनसक्छ ? त्यो भन्दा ठूलो सन्तुष्टि मेरो र मुलुकको लागि केही हुन सक्दैन । यसको मतलब त्यति मात्रैले पुग्छ भन्ने होइन । व्यपार गरेपछि नाफा गर्नैपर्छ । हामीलाई तत्काल नाफा चाहिएको पनि छैन । हाम्रोमा पारदर्शी व्यापार छ । कृषिमा पनि आफू पनि बाचौं र अरुलाई पनि बाच्न दिऔं भन्ने हिसावले जानुपर्छ । मलाई अहिले सबैले हेरेरहेका छन् । पवन गोल्यानले कृषि क्षेत्रको दिगो विकास गर्न सक्यो भने हामी पनि कृषिमा लगानी लगाउँछौं र आउँछौं भन्ने आशा गरिरहेका छौं । किसानहरुको आशा पूरा गर्नसक्यौं भने सबै व्यवसायी क्षेत्रपनि कृषिमा प्रवेश गर्छन् । कृषिको यो मोडल सफल भएर किसान र कम्पनी नाफामा गयो भने कृषिमा राम्रो फड्को मार्नेछौं । अहिले विदेशमा रहेका युवाहरुलाई मुलुक फर्कन मद्दत गर्छ भन्ने विश्वास छ ।

मुलुकको अर्थतन्त्र समस्यामा छ, अर्थतन्त्र लयमा ल्याउनको लागि सरकारले पनि कृषिलाई प्राथमिकता दिन थालेको छ, कृषिले मुलुकको अर्थतन्त्र लयमा ल्याउने सम्भावन कति छ र कसरी सहयोग गर्नसक्छ ?

अर्थतन्त्रमा अहिले देखिएका समस्या र चुनौतिहरु हामी सबैले मिलेर बनाएको हो । यसमा कुनै विमति छैन । हामी युवा शक्तिहरु विदेशमा पठायौं । विदेशबाट रेमिट्यान्स लिएर आयौं । बाहिरको ब्राण्डहरु नेपालमा ल्याएर बेच्यौं । रेमिट्यान्सबाट आएको पैसालाई फेरि बाहिर पठाऔं । देशमा त्यो पैसा बस्दै बसेन । त्यसबाट आउने राजश्वबाट राज्य रमायो । आयात बढ्यो तर मुलुकभित्रको उत्पादन खच्किँदै गयो । आज मुलुकको औद्योगिक उत्पादन विलो १० प्रतिशतमा आइसक्यो । कृषिको उत्पादन दुई तिहाईबाट घटेर २५ प्रतिशतमा झरिसक्यो । यो अवस्था सरकार,नियमनकारी निकाय र निजी क्षेत्र सबै मिलेर गरेको हो । एक जनालाई दोष दिएर हुँर्दैन। अब हामीसँग विकल्प बाँकी छैन । मुलुकले फड्को मार्न सक्ने अवस्था भनेको पहिलो नम्बरमा कृषि छ । अहिले हामीलाई चाहिने तरकारी तीन महिनामा फलाउन सक्छौं । अफ सिजनमा पनि तरकारी नेपालमा नै फलाउन सक्छौं । यो वर्ष भारतमा नेपालले गोलभेडा निर्यात गरौं । तीन महिनामा नेपाल तरकारीमा आत्मनिर्भर बन्नसक्छौं । खाद्यन्नमा पनि राम्रो योजना बनाएर उत्पादन गर्न लाग्यौं भने एक वर्षमा आत्मनिर्भर बन्नसक्छौं । हामीलाई भू–भाग अपुग छैन । फलफूल पनि नेपालमा नै धेरै उत्पादन गर्न सकिन्छ ।

सरकारले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिएको छ तर बजेटमार्फत कृषिजन्य वस्तुहरुमा कर लगाउने काम गरेको छ, यसरी कृषि उत्पादन बढ्ने र किसान खुशी हुने अवस्था छ ?

मुलुकले कृषिमा फड्को मारोस् भन्ने राज्यको चाहना छैन । आयातमुखी अर्थतन्त्रतिर हामी प्रवेश गरौं । आयातमुखी अर्थतन्त्रलाई परिमार्जन गर्नैपर्छ । यसको लागि राज्य संवेदनशिल हुन जरुरी छ । सरकारले लगाएको करले राज्य धनी हुने होइन । तर किसानहरु गरिब हुन्छन् । राज्य धनी हुँदैन । कृषिमा कर लगाउने कुनै पनि देशमा छैन । युरोपको मोडल नेपाल जस्तो देशले लिन मिल्दैन । नेपालको छिमेकी देश भारतमा आयकर र अन्तःशुल्क लगाएको छैन । चाइनामा पनि मलाई लाग्छ लाग्दैन । चीन कृषिबाट नै कहाँबाट कहाँ पुग्यो । चीनको कृषिको इतिहास त्यस्तो छ । नेपाल कृषिप्रदान देश भन्छौं तर चीन लगायतका मुलुकहरुले अहिल्यै कृषिप्रधान देश भनेको थिएन । हामी कसैलाई विश्वास छैन कृषिबाट फड्को मार्नसक्छौं । नेपालमा हामी सबै कृषिको राजनीति गछौं । राजनीति पार्टीका नेता,कर्मचारी वा व्यवसायीहरु सबै कृषिको राजनीति गर्छौं । सबैभन्दा पहिला कृषिको कुरा गर्छौं । तर कृषिमा कसैलाई विश्वास छैन । जबसम्म हाम्रो कृषिमा सोच परिवर्तन हुँदैन,हामी किसान भएर सोच्दैनौं । ग्राउण्ड वास्तविकता हेरेर कुरा गर्दैनौं । काठमाडौंमा बसेर हामी नीति बनाउँदैनौं । गाउँमा गएर नीति बनाउँछौं । त्यो दिन मात्रै कृषिमा परिवर्तन आउँछ । हामी पालिकाहरुसँग जोडिन चाहन्छौं । काठमाडौंमा बसेर छलफल गर्दा सबै अनुमानित डेटाहरुको आधारमा योजना बनाउने काम हुन्छ । अनुमानित डेटा भएर काम हुँदैन । अहिले कसैलाई कृषिमा कसैलाई विश्वास छैन । हामीले सकारात्मक सोच ल्याए मात्रै परिर्वतन सम्भव छ । पछिल्लो समय हेरक समस्या भोग्नुपर्दा किसानहरुको समेत विश्वास हराएको छ । हाम्रो लागि कोही छैन भन्ने भएको छ । अब त्यसलाई तोडेर किसानलाई खुशी बनाउन हामी कम्मर कसेर लाग्छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *