कोशीका मुख्यमन्त्री कार्कीले लिए सपथ

काठमाडौँ । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सँगै उनले सानो आकारको मन्त्रिपरिषद् पनि बनाएका छन् । आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् ।

राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।

नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *