इनड्राइभले १५ औँ काठमाडौं म्याराथनको विजेतालाई प्रदान गर्यो इभी स्कुटर

काठमाडौँ । इनड्राइभले आज आयोजित १५औँ काठमाडौं म्याराथनमा फुल म्याराथन दौडने विजेता श्री होमनाथ श्रेष्ठलाई इभी स्कुटर उपहार प्रदान गरेको छ।

एनआरएस स्पोर्ट्स फाउण्डेशनले आयोजना गरेको काठमाडौं म्याराथन एक दशकभन्दा बढी समयदेखि नेपालको खेलकुद क्यालेन्डरमा एक प्रमुख फिक्स्चर हो । यस वर्ष, इनड्राइभले यस कार्यक्रमको निरन्तर सफलता सुनिश्चित गर्न एनआरएस स्पोर्टस फाउन्डेसनसँग सहकार्य गरेको थियो ।

म्याराथन र यसका विजेताहरूलाई समर्थन गर्नुका साथै, इनड्राइभले ८ सहरहरूमा प्रशिक्षण कार्यक्रमलाई आर्थिक सहयोग गरेको कम्पनीले बताएको छ ।

६०० सहभागीहरूले तीन महिनासम्म सँगै तालिम लिएका थिए।

यसका साथै युवा तथा शुल्क तिर्न नसक्ने धावकहरूलाई प्रमोट गर्न इनड्राइभले काठमाडौं म्याराथनमा तीन सयभन्दा बढी खेलाडीलाई स्लट उपलब्ध गराएर सहयोग गरेको थियो ।

किप फिट सर्किट तालिम आगामी ३१ अक्टोबरसम्म काठमाडौं, पाटन, भक्तपुर, कीर्तिपुर, थिमी, पोखरा, हेटौँडा र बुटवलमा सञ्चालन रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *