इजरायलमा अस्ताएका बझाङका गणेशका परिवारलाई नगरपालिकाले दियो २५ हजार

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी इस्लामिस्ट समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका बझाङका गणेश नेपालीको परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गरेको छ । जयपृथ्वी नगरपालिका-११ भोजपुरका नेपालीको परिवारलाई हिजो नगरपालिका प्रमुख चेतराज बजालले २५ हजार हस्तान्तरण गरेका हुन् ।

जयपृथ्वी नगरपालिकाको मेयरसँग जनता कार्यक्रम अन्तर्गतको बजेटबाट बजालले मृतकको परिवारलाइ आर्थिक सहयोग गरेका छन् । मृतक नेपालीको परिवारलाई नगर प्रमुख बजालले सरकारसँग समन्वय गरेर छिटो भन्दा छिटो शव ल्याउनको लागि आफूले पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *