संविधान संशोधनको प्रक्रिया एमालेकै कारण रोकियो : रक्षामन्त्री खड्का

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको दोस्रो संशोधनको प्रक्रिया नेकपा एमालेका कारण रोकिएको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित नेपाली कांग्रेसको जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमालेकै कारण संविधान संशोधनको दोस्रो प्रस्ताव असफल भएपछि संशोधनको प्रक्रिया आज पनि थाँती नै रहेको उनले बताए । ‘संविधानको दोस्रो संशोधनको प्रक्रिया पनि शेरबहादुर देउवाको नेतृत्वमा हामीले संविधानको दोस्रो संशोधनको तयारी गरेर प्रतिनिधि सभामा प्रस्ताव लिएर गएका थियौँ,’ उनले भने, ‘त्यो प्रस्ताव अरू कसैको कारणले हैन एमालेको कारणले असफल भयो । त्यो असफल भएको संशोधनको प्रक्रिया आज पनि बाँकी छ ।’

रक्षामन्त्री खड्काले वर्तमान संविधान संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण विश्वास गर्ने दलहरूको अगाडि कार्यान्वयनको चुनौतीका रूपमा रहेको औँल्याए । संविधान जारी गर्दा आफूहरूले संविधान सभा मार्फत सिङ्गो नेपाली जनता र संसारका लोकतन्त्रवादीहरूलाई दिएको विश्वास पुरा गर्ने प्रक्रिया बाँकी नै रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *