आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजी बिच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने सम्झौता

काठमाडौँ । आइएमई र अस्ट्र टेक द्वारा प्रवर्धित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार युएईको केन्द्रीय बैङ्कबाट इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एप मार्फत आइएमईको डिजिटल वालेट आइएमई पे मा सोझै रकम पठाउन सकिने गरी डिजिटल रेमिटेन्सलाई प्रवर्धन गर्न दुवै पक्षले सहकार्य गर्ने छन् ।

यस रणनीतिक सहकार्य मार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रवर्धन गर्दै कारोबारको डिजिटल रूपान्तरणमा ठुलो सहयोग पुग्नुको साथै सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने आइएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।

अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले ‘आइएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताउँदै वित्तीय सेवालाई सबैका लागि थप पहुँचयोग्य बनाउन महत्त्वपूर्ण कदम रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *