होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे बाट भुक्तानी गर्दा विशेष छुट
मकालु खबर
२०८० कार्तिक २ गते
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले होटेल एन्ड होम सँग सम्झौता गरेको छ ।
कम्पनीका अनुसार होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका विभिन्न होटेलहरुमा बुकिंग गरी आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरूले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
नजिकिँदै गरेको राष्ट्रिय चाड दसैँ तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागु हुनेछ।
आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सञ्जीव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौता हस्ताक्षर गरेका छन्।
मकालु खबर
२०८० कार्तिक २ गते
प्रतिक्रिया
सम्बन्धित