विदेश पढ्न गएका युवाहरूलाई ज्ञान र सिप लिएर फर्कने नबिल बैंकको दसैँ भिडियो सार्वजनिक (भिडियो )
काठमाडौं । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंक लिमिटेडले सन्देशमूलक दसैँ भिडियो सार्वजनिक गरेको छ ।
विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र सामाजिक भावना दर्साउनका लागि नबिल बैंकले बडादसैँको पूर्वसन्ध्यामा यो भिडियो सार्वजनिक गरेको छ ।
उक्त भिडियो मार्फत छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा जानुको अर्थ विदेश पलायन भएको होइन भन्ने सन्देश समाज र अभिभावकलाई दिन खोजिएको छ ।
यस भिडियोमार्फत उच्च शिक्षा पश्चात् आफ्ना सन्तानहरू घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्नेछन् भन्ने आमाबुवाको आशालाई दर्साउन खोजिएको छ ।
साथै भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुसी, समाजले गर्ने आशंका र सन्तानले बुझेको बुवाआमाको भावना पनि देखाउन खोजिएको छ ।
नेपालको अग्रणी बैंकका रूपमा स्थापित नबिल बैंकले युवालाई केन्द्रित गर्दै विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरेको छ ।
नबिल बैंकले देशभरका २६६ शाखा र ३१० एटिएमबाट १८ लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आएको नबिल, नेपालको बैंकिङ इतिहासमा नवीनतम सेवाको सुरुवात गर्ने बैंकको रूपमा परिचित छ ।
भिडियो :