सानिमा बैंकको १९ औँ साधारण सभा सम्पन्न

काठमाडौँ । सानिमा बैंक लिमिटेडले २०८० कार्त्तिक २ गते बिहीबारका दिन १९ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष श्री तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २१५.६४ अर्ब, कुल निक्षेप रु. १७८.८५ अर्ब तथा खुद कर्जा सापटी रु १४९.८७ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले वृद्धि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *