रिलायबल इन्स्योरेन्सद्वारा सिनियर एजेन्सी मेनेजर अधिकारीलाई प्रथम पुरस्कार

झापा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले देशभरिका उत्कृष्ट १०० अभिकर्ताहरूलाई विभिन्न विधामा सम्मान गरेको छ ।

कम्पनीका अनुसार पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड इस्पामा भदौ २२ सुरु भएको कार्यक्रममा आर्थिक वर्ष २०७९ / २०८० मा एजेन्सीतर्फ साथै व्यक्तिगत अभिकर्ता कोडमा समेत नेपालभरिबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भद्रपुर शाखाका एमडिआरटी तथा सिनियर एजेन्सी मेनेजर बाबुराम अधिकारी प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।

त्यस्तै एजेन्सीतर्फ बिर्तामोड शाखाका एमडिआरटी तथा सिनियर एजेन्सी मेनेजर प्रेमराज गिरी तृतीय भएका छन् ।

उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको छ ।

कम्पनीका वरिष्ठ प्रबन्धक कल्याण राज हलुवाई समेतको उपस्थिति रहेको कार्यक्रममा सातै वटा प्रदेशका प्रमुख र उत्कृष्ट केही शाखाका मेनेजरहरू समेतको उपस्थितिमा रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *