राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको महान् चाड बडा दसैँ ९विजया दशमी० को नवौँ दिन नवकन्याहरूको पूजा गरेका छन् ।

सोमवार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभदिनमा नवकन्याहरूको पूजा गरेका हुन् । विजया दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।

विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २,३,४,५,६,७,८,९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दु धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरूको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरुलाई नवदुर्गाको प्रतीक मानेर पूजा गरिएको हो ।

यसैक्रममा राष्ट्रपति पौडेलले आज महानवमीको दिन शितलनिवासमै नवकन्याहरूको पूजा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *