ट्रमा सेन्टरमा आएका मध्ये ८० प्रतिशत बिरामीको अप्रेसन, एमआरआई मेसिन र रिहाब सेन्टर नहुँदा समस्या

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको छ ।

ट्रमा सेन्टरका निर्देशक डा.बद्री रिजालले अस्पतालमा दैनिक करिब चार सय ५० देखि पाँच सय जना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको अप्रेसन गर्नुपर्ने जानकारी दिए ।

हाल अस्पतालमा दैनिक २५ देखि ३० जनाको अप्रेसन हुँदै आएको छ । उनले अस्पतालमा बिरामीको चाप हुने गरेकाले दुई सय १८ शैय्या सञ्चालनमा रहेको जानकारी दिए । डा.रिजालले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन जनशक्ति अभाव भएको बताए ।

झन्डै तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी र आन्तरिक स्रोत लगायतबाट झन्डै तीन सय गरी ६ सय जना कर्मचारी कार्यरत रहेको बताए । दरबन्दी पर्याप्त नहुँदा एक जना चिकित्सकले तीनदेखि चार जना बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको बताए ।

अस्पतालमा एक सय जना चिकित्सक र दुई सय ५० जना नर्स कार्यरत छन् । अस्पतालभित्रै सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको जानकारी उनले बताए । आफू वार्डहरूको स्तरोन्नति गर्नेतर्फ लागिरहेको बताए । अहिले अस्पतालबाट अनलाइन टिकट लिने व्यवस्था मिलाइएको र बिहान आठ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै आएको उनको भनाई छ ।

डा.रिजालले भने ‘आइसियु बेड १० वटा भएकोमा १ थप गरी ११ वटा आइसियु बेड र ८ वटा एचडीयु बेड थप गरी १९ वटा बेडहरू आइसियु बराबरको सेवा सञ्चालन भइरहेको छ । वार्डहरूको स्तरोन्नति गर्नेतर्फ लागिरहेका छौँ । अहिले तीन ठाउँमा फार्मेसी सञ्चालनमा छन् । अहिले लगभग सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको छ । फार्मेसीको पनि स्तरोन्नति गरिरहेका छौँ । ट्रमा भएर आइसकेपछि रेनर फेलरतर्फ जान थाल्यो भने केही बिरामीलाई डायलिसिस गर्नुपर्ने हुन्छ, आइसियुमै हुँदा अप्रेसन गर्नुभन्दा अगाडी । त्यस्तोको लागि इमरजेन्सीको लागि आइसियुमा एउटा बेडमा एउटा डायलिसिस मेसिन जोड्दैछौँ । ट्रमा सेन्टरमा दैनिक साढे तीन सय जना ओपिडीमा बिरामीहरू आउनुहुन्छ । इमरजेन्सीमा एक सयदेखि एक सय ५० जना आउनुहुन्छ । लगभग चार सय ५० देखि पाँच सय बिरामीहरू हेरिरहेका छौँ । बिरामीको लोड बढेको कारणले अहिले २१८ बेड सञ्चालन गरिरहेका छौँ । र, त्यसो गर्दागर्दै ट्रमामा आएकामध्ये ८० प्रतिशतलाई अप्रेसन गर्नुपर्ने हुन्छ । त्यसको लागि हामी कहाँ पोष्टप बेडको पनि समस्या छ । अहिले एक दिनमा रेगुलर ओटी भन्छौँ, इमरजेन्सी र नाइटको इएचएस हुन्छ । त्यो गर्दाखेरि २५ देखि ३० जनाको अप्रेसन हुन्छ दिनमा । त्यो गर्दै गर्दा पोष्टप बेड सात वटा छ । त्यो हुनाले हामीलाई कन्स्टेन्ट छ हामीलाई । त्यसको लागि एक्सपान्सन गर्नुपर्ने हुन्छ । त्यो सँगसँगै आइसियु र एचडीयु पनि एक्सपान्सन गर्नुपर्नेछ । दरबन्दीको कुरा गर्दा सरकारी दरबन्दीले नपुगेर यहीँको आन्तरिक स्रोतबाट कर्मचारी राखेर काम गर्नुपर्नेछ । दरबन्दी त अपुग छँदैछ । त्यसको लागि हामीले कुरा गरिरहेका छौँ । ओएनएम सर्वे गरेर आवश्यक दरबन्दी नेपाल सरकारले नै दिनुपर्छ । अहिले हामी ६ सय जना कर्मचारी छौँ । तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी छ भने अरू आउट सोर्सिङ गर्ने स्टाफ र आन्तरिक स्रोतबाट हो । जनशक्ति बढ्यो भने सेवा प्रवाहमा थप वृद्धि गर्नपनि सहज हुन्छ । हामीले मन्त्रालयसँग कुरा गरिरहेका छौँ । मन्त्रालय यसमा पोजेटिभ नै छ ।’

डा।रिजालले ट्रमाका लागि अति आवश्यक मानिएको रिहाब सेन्टर सरकारी तवरबाट नहुँदा बिरामीहरू मर्कामा परेको बताए । उनले सरकारी तवरमा रिहाव सेन्टर नहुँदा निजीमा पठाउन बाध्य भएको भन्दै त्यसका लागि लबिङ गरिरहेको बताए ।

उनले स्पाईन इन्जुरी, ढाडमा चोट लागेर खुट्टा, हात नचल्ने भएर आएका बिरामीहरू अप्रेसन गरिसकेपछि पुनः स्थापनाका लागि रिहाब सेन्टरमा जानुपर्ने बताए । उनले ट्रमा सेन्टरमा इन्जुरी भएका (स्पाइन, स्पोर्टस, घोडाको चोट, ढाडको चोट) हरूका लागि आवश्यक पर्ने एमआरआइ मेसिन नहुँदा समस्या भएको बताए ।

एमआरआई मेसिन नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने र महँगो शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता रहेको उनले बताए । अस्पतालमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिने पनि बताए ।

डा.रिजालले ट्रमाका बिरामीलाई मध्यनजर गर्दै फिजियोथेरापी सेवा बिस्तार गर्ने योजना रहेको जानकारी दिए ।

उनले भने ‘ट्रमाका लागि साइड बाई साइड चाहिने भनेको रिहाब सेन्टर हो । ट्रमा भएर प्यारालाईज्ड भएर आइसकेको बिरामी जस्तो हामीहरुकोमा स्पाईन इन्जुरीहरु, ढाडमा चोट लागेर खुट्टाहरू, हात नचल्ने भएर आएका बिरामीहरू हुनुहुन्छ । उहाँहरू अप्रेसन गरिसकेपछि रिहाब सेन्टर जानुहुन्छ । अहिले प्राइभेटमा पठाइरहेको अवस्था छ । सरकारी लेभलमा छैन । त्यो भएको हुनाले कष्टको हिसाबले पनि र नेपाल सरकारले त्यो पनि सेवा दिनुपर्छ भन्ने हिसाबमा हामीले कुरा गरिरहेका छौँ । त्यो हुनाले रिहाब सेन्टरको आवश्यक छ । चोट लागेर अपाङ्गता भएका बिरामीलाई जस्तो उसले आफैँ ट्वालेट कसरी गर्ने रु र उसको साइकोलोजिकल थेरापी जस्तो हिँडिरहेको मान्छे दुर्घटना भएर एक्कैपटक हिँड्न नसक्ने हुँदा जुन मेन्टल स्ट्रेस भएर डिप्रेसनमा जान्छ । त्यस्तो मानिसहरूलाई साईकोथेरापीहरु, साइकोलोजिकल सपोर्टहरू, ह्विलचियबाट कसरी हिँड्ने त्यही हुँदै गर्दा आफ्नो जीविकोपार्जन कसरी गर्ने स्किलहरू हेण्ड स्किलहरू, कामहरू त्यो सिकाउने रिहाब सेन्टर हुन्छ । त्यो सरकारी लेभलमा छैन । त्यो आवश्यक छ भनेर हामीले मन्त्रीज्यूलाई पनि भनिरहेका छौँ । अहिले हामीलाई आवश्यक भनेको एमआरआई मेसिन हो । ट्रमा सेन्टरमा इन्जुरी भएका ९स्पाइन इन्जुरी, स्पोर्टस इन्जुरी, घोडाको चोट, ढाडको चोट० हरूका लागि एमआरआईको आवश्यक हुन्छ । त्यो एमआरआई यहाँ छैन । हामीले वीरमा पठाउँछौ र पालो कुर्नुपर्ने हुन्छ । नभए बिरामीहरू चाँडो भनेर निजीमा गइरहेको अवस्था छ । त्यसलाई कष्ट पनि बढी परिरहेको हुन्छ । त्यसकारण पनि ट्रमामा नै एउटा एमआरआई मेसिन चाहिन्छ । त्यो हामीले कुरा गरिरहेका छौँ । जहाँसम्म यो वर्षमा आउँछ होला । दोस्रो तलामा ओटी छ । र, तेस्रो तलामा आइसियु र एचडीयु एक्सपान्सन गर्न सक्यौँ तेस्रो तलामा रहेको कार्यालयका कामहरू सातौँ तलामा गर्न सक्यौ भने धेरै बिरामीलाई आइसियु, एचडीयुको सुविधा दिनसक्छौँ । त्यो गर्ने योजना छ । र, सँगसँगै हामीले फिजियोथेराफी सेवा बिस्तार गर्न खोजिरहेका छौँ । स्पोर्टसा हुने फिजियोदेखि सबै किसिमको इन्जुरीहरुको लागि पनि फिजियोथेरापी यहीँ होस् भनेर भन्नको लागि फिजियोथेरापीको एक्सपान्सन गर्न खोजिरहेका छौँ । र, अर्को नयाँ एनेस्थेसीयाबाट पेन क्लिनिक पनि स्टार्ट गर्दैछौँ । यस्तै रिहाब सेन्टर खोल्नका लागि पनि पहल भइरहेको छ । सेवाग्राहीहरूले अनलाइन टिकट लिन मिल्छ । यहाँ बिहान आठ बजेदेखि नै सेवा सुरु हुने हुनाले उपचार गरेर पनि अफिस भ्याउन सक्नुहुन्छ । दरबन्दी पर्याप्त नभएको हुनाले एक जना चिकित्सकले तीन चार जना चिकित्सक बराबरको काम गर्नुपर्ने हुन्छ । त्यति खेर क्वालिटी कम्पोरमाइज हुनसक्छ । इमरजेन्सी र ट्रमा केयर गर्न ट्रमा सेन्टर सक्षम छ । हामी गरिरहेका छौँ । तर, बेडहरू अभावले गर्दा कहिले काहीँ अप्ठ्यारो पर्नसक्छ । बिरामीहरूलाई पछिल्लो दिनहरूमा इएचएस सर्भिस सुरु भइसकेपछि पाँच वटा ओटी चलिरहेको छ । एक हप्ताभित्र पालो पाएर उपचार लिएर जानुहुन्छ । कहिले काहीँ प्लाण्ड ओटी भन्ने हुन्छ । त्यसमा पनि दुई हप्ताभित्र पालो पाएर जानुहुन्छ ।’

उनले बिरामीहरूलाई छिटो छरितो सेवा प्रवाह गर्नेतर्फ अस्पताल तल्लीन रहेको बताए । कुनैपनि बिरामी अस्पतालभित्र उपचार पाएर दुई हप्ता भित्र जसरी पनि फर्किने गरेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *