प्रिमियर लिगमा आर्सनलको सानदार जित, ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा आर्सनलले सेफिल्ड युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो ।

शीर्ष स्थानमा रहेको टोटनह्यामको १० खेलबाट २६ अंक रहेको छ भने आर्सनलको समान खेलबाट २४ अंक रहेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी भने २१ अंकका साथ तेस्रो स्थानमा रहेको छ । आर्सनलका एडवार्ड निकेठाले २८ औं मिनेटमा गोलको खाता खोलेका थिए ।

५० औं र ५८ औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरे । ८८ औं मिनेटमा फावियो फेरेराले गोल पेनाल्टीमा गोल प्रहार गर्दै आर्सनललाई फराकिलो जित तर्फ अग्रसर बनाएका थिए । दोस्रो हाफको अतिरिक्त समयमा टेकेहेरो तोमियसुले गोल गर्दा आर्सनल अन्ततः ५-० गोलको एकतर्फी जित निकाल्न सफल भयो ।

प्रिमियर लिग अन्तर्गत अर्को खेलमा ब्रेन्टफोर्डले चेल्सीलाई २-० गोल अन्तरले स्तब्ध बनाएको छ । ब्रेन्टफोर्डका लागि इथान पिन्नोक र ब्रायन एम्बेउमोले एक एक गोल गरेका थिए । यो ब्रेन्टफोर्डको यस सिजनमा तेस्रो जित हो ।

यो खेलपछि १० खेलमा ब्रेन्टफोर्डको १३ अंक भएको छ र लिगमा १०औ स्थानमा रहेको छ । चेल्सीले भने यस सिजनमा चौथो हार बेहोरेको छ । चेल्सीको यो हारपछि १० खेलमा १२ अंक भएको छ र लिगमा ११औ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *