तेस्रो डिभिजन क्लबसँग हारेपछि बायर्न बाहिरियो

काठमाडौँ । बायर्न म्युनिख तेस्रो डिभिजन क्लब सारब्रुकेनसँग पराजित भएपछि यस बर्षको डिएफबी पोकल प्रतियोगिताबाट बाहिरिएको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिख सारब्रुकेनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

सारब्रुकेनको जितमा खेलको ९६औं मिनेटमा मार्सल गाउसले निर्णायक गोल गरेका थिए । त्यसअघि सारब्रुकेनका लागि प्याट्रिक सनथेईमेरले गोल गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि थोमस मुलरले एक गोल गरेका थिए । यो जितपछि सार ब्रुकेन यस बर्षको डिएफबी पोकलको राउण्ड १६ मा पुगेको छ ।

बायर्न म्युनिखले जर्मनीको यस डिएफबी पोकल सबैभन्दा बढी २० पटक जितेको छ । पछिल्लो पटक बायर्नले २०२० मा डिएफबी पोकल जितेको थियो । पछिल्ला दुई बर्ष भने आरबी लेइपजिंगले यो प्रतियोगिता जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *