नेपालमा अपाचे आरटीआर १६० भी फोर एफआइको विशेष संस्करण ‘जगदम्बा मोटर्स’ सार्वजनिक गर्ने तयारी

काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० भी फोर एफआइको विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ ।

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० भी फोर एफआइको विशेष संस्करण नेपाल सार्वजनिक गर्ने तयारी गरेको हो ।

अपाचे आरटीआर १६० भी फोर एफआइ सेग्मेन्टमा ग्राहकहरूका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

अपाचे आरटीआर १६० भी फोर एफआइको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थप फिचर पनि उपलब्ध गराउने छ ।

कम्पनीलेसेग्मेन्टमै पहिलो पटक तीन राइडिब मोड तथा समायोजनको सुविधा सहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभरपनि उपलब्ध गराउने
सम्भावना प्रबल रहेको छ । साथै अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्ट सँगै टीभीएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकता
अनुसार ड्राइभिब मोड छनोट गर्न सक्नेछन्।

अपाचे आरटीआर १६० भी फोर एफआइको विशेष संस्करणलाई स्पोर्टी बडी डिलक्स र स्पेसल कलर थीममा तयार गरिएको कम्पनीको भनाइ छ ।

जगदम्बा मोटर्स प्रा ली नेपालमा टिभिएसका दूईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियोराष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *