रिगललाई खोज्न प्रहरी परिचालन

काठमाडौं । नेपाल प्रहरीले बाँकेका योगराज ढकाल (रिगल) को खोजी भइरहेको बताएको छ ।

सर्वोच्च अदालतले बिहीबार रिगललाई पक्राउ गरी थुनामै राख्न परमादेश दिएको थियो ।

सर्वोच्चले उक्त आदेश दिएपछि रिगलको खोजी सुरू गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए ।

सर्वोच्चको आदेशलगत्तै बाँके प्रहरी रिगलको खोजीमा परिचालन भइसकेको छ ।

सर्वोच्चको आदेशलगतै रिगलको खोजी गर्न प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले बताए ।

सरकारको सिफारिसमा रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते आममाफी दिएका थिए ।

रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *