सशस्त्र प्रहरी बलको डुङ्गा दुर्घटना हुँदा २ जना घाइते
मकालु खबर
२०८० कार्तिक १७ गते
विराटनगर । गोताखोर अभ्यासका क्रममा सशस्त्र प्रहरी बलको सप्तकोशी नदीमा डुंगा (मोटरबोट) दुर्घटना भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीले आयोजना गरेको प्रशिक्षण गोताखोर डेमोन्सट्रेसनको पूर्वतयारीका क्रममा सप्तकोशी नदीमा डुङ्गा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा दुई जना घाइते भएको छ । घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । दुर्घटनामा परेकाहरूलाई सशस्त्र प्रहरीको गोताखोरको टोलीले उद्दार गरेको थियो ।
मकालु खबर
२०८० कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित