कोशीमा माओवादी र समाजवादी सरकारमा गएपछि एमाले बाहिरिने तयारीमा
मकालु खबर
२०८० कार्तिक १७ गते
कोशी प्रदेशको सरकारमा मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीलाई सहभागी गराएपछि नेकपा एमाले भने सरकारबाट बाहिरिने भएको छ।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफ्ना मन्त्री राम रानाले राजीनामा दिने बताए। उनले शनिबार नै बैठक बोलाउने तयारी गरेको र यसबारेमा निर्णय हुने भण्डारीले बताए।
यसअघि एमालेबाट एक जना र कांग्रेसबाट एकजना मात्रै मन्त्री बनेका थिए। तर केन्द्रीय गठबन्धन अनुसार माओवादी र समाजवादीबाट मन्त्री थप भएपछि एमाले भने सरकारमा नरहने भएको हो। केदार कार्कीलाई मुख्यमन्त्री बनाउन मुख्य भूमिका खेलेको एमालेले समर्थन कायम राख्न नराख्ने भन्ने निर्णय पनि गर्ने छ।
एमालेकै समर्थनमा कार्की असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। तर पछि अन्य दलले पनि विश्वासको मत दिएका थिए।
मकालु खबर
२०८० कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित