बैङ्कहरूको नाफा पहिलो त्रैमासिकमा चालु आर्थिक वर्षको २८ प्रतिशतले घट्यो : अध्यक्ष केसी
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैङ्कहरूको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ प्रतिशतले घटेको बताएका छन् ।
सोमवार संघले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । अध्यक्ष केसीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैङ्कहरूको खुद नाफा मात्रै नभएर खुद ब्याज आम्दानी समेत बढ्न नसकेको उल्लेख गरे ।
उनले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म १६ अर्ब पुगेको बताए । उनले चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैङ्कहरूको नाफा बढ्न नसकेको उल्लेख गरे ।
उनले चालु आवको पहिलो त्रैमासमा बैंकको कर्जा मात्रै नभएर डिपोजिट समेत धेरै बढ्न नसकेको बताए । उनले निजी क्षेत्रको व्यापार घट्दा बैंकको नाफा प्रभावित भएको दाबी गरे ।
अध्यक्ष केसीले सम्भावित जोखिम व्यवस्था ९लोन लस प्रोभिजन० को रकममा उच्च वृद्धि भएको समेत बताए । उनले लोनको माग नहुँदा बैङ्कहरूले प्रिमियम घटाउँदै गएको बताए ।
उनले कात्तिक १७ गतेसम्म २० वटा वाणिज्य बैङ्कहरूको करिब ७४ अर्बको कर्जा बढ्दा १२१ अर्बले निक्षेप बढेको बताए । उनले गत वर्ष सोही समयमा करिब ४७ अर्ब बढेको बताए ।
उनले २० वटा बैंकको अवस्था हेर्दा एउटा बैक घाटामा, १३ वटा बैंक गत वर्षको भन्दा कम नाफा र ६ वटा बैंकको केही मात्रामा नाफा बढेको बताए । उनले विश्व व्यापी रुपमा देखिएको मूल्यवृद्धि, उच्च ब्याजदर सबैखाले असामान्य परिस्थिति र नयाँ इजरायल र हमासको युद्धको असर बैंकिङ क्षेत्रमा पनि देखिएको बताए ।
उनले मौद्रिक र बाह्य क्षेत्रमा केही प्रगति भएपनि विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्ने क्रम देखिएको बताए । उनले बैंकको खराब कर्जा ३।६१ प्रतिशत पुगे पनि दक्षिण एसियाली देशसँग तुलना गर्दा डराउनुपर्ने अवस्था नभएको भएपनि सजग हुनैपर्ने अवस्था रहेको बताए ।
उनले भने ‘धेरै समयपछि पहिलो पटक नेपालको बैंकिङ उद्योगको तथा वाणिज्य बैङ्कहरूको रिजल्ट हेर्दा गत वर्ष भन्दा नाफा घटेको छ । करिब १८।७ विलेनको गत वर्ष मर्ज भएका बैङ्कहरूलाई समेत हेर्दा थियो । अहिले आएर १३।४७ मिलियनको नाफा भएको छ । त्यो भनेको करिब २८ प्रतिशत बैङ्कहरूको नाफा घटेको छ । त्योसँगै अन्य सूचकहरूमा पनि नेट इन्टे«ष्ट इन्न्कम पनि खासै बढ्न सकेको छैन । त्यही लेभलमा नै छ । फिइज इन्कममा करिब एक अर्ब जति वृद्धि भए पनि १४ प्रतिशत जति मात्रै हो । कस्ट मोरल लेस त्यही अवस्था छ । मुख्य रुपमा लाने लसको प्रोभिजनल छ । त्यो करिब १६ अर्ब जतिको प्रोभिजन हामीले गरेका छौं । गत वर्षको यही त्रैमासिकमा ७ अर्बको हाराहारीमा थियो । मुख्य असर बैङ्कहरूको नाफामा प्रोभिजनको कारणले गर्न गएको छ । त्यो बाहेक बिजनेस ग्रोथपनि माथि उठ्न सकेको छैन । कात्तिक १७ गतेसम्म हेर्ने हो भने २० वटा वाणिज्य बैङ्कहरूको करिब ७४ अर्बको कर्जा बढेको छ । १२१ अर्ब जतिको निक्षेप बढेको छ । गत वर्षको कर्जा भन्दा केही बढी हो । गत वर्ष सोही समयमा करिब ४७ अर्ब जतिको भएको थियो । तर बैङ्कहरूले अपेक्षा गरे अनरुप कर्जा पनि बढ्न सकेको छैन । १२० अर्बको निक्षेप पनि गत वर्षको भन्दा बढी हो । गत वर्ष २२ अर्बले मात्रै बढेको थियो । २० वर्षको अवस्था हेर्दा एउटा बैंक घाटामा गएको छ भने १३ वटा बैंक गत वर्षको भन्दा कम भएको छ । ६ वटा बैंकको केही मात्रामा मार्जिन रुपमा नाफा बढेको देखिन्छ । विश्व व्यापी रुपमा देखिएको मूल्यवृद्धि ,उच्च ब्याजदर सबै खाले असामान्य परिस्थिति र नयाँ इजरायल र हमासको युद्धको कारण अप्ठ्यारो परिरहेको छ । त्यसको असर बैंकिङ क्षेत्रमा पनि देखिएको छ । मौद्रिक र बाह्य क्षेत्रमा केही प्रगति भएको देखिएको छ । विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्ने क्रम देखिएको छ । यसको बाबजुद अझै पनि अपेक्षा अनुसार वृद्धि नहुँदा समग्र निजी क्षेत्रको व्यापारमा शिथिलता हुँदा बैङ्कहरूमा असर पर्न गएको छ । कर्जा कम हुँदा बैङ्कहरू सजक हुनु पर्ने अवस्था हो । अहिले बैङ्कहरूको खराब कर्जाको लेभल ३.६१ जति पुगेको छ । असरमा २.९ रहेको थियो । ३.६१ भनेको ग्रस एनपीए हो । तर एसियाका बैङ्कहरूसँग तुलना गर्ने हो भने व्यवस्थापन गर्नसक्ने अवस्थामा नै छ ।’
उनले स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोहीअनुसार बैङ्कहरूले काम गरेको बताए । उनले एनबीएले गत शुक्रवार जाजरकोटमा गएको भूकम्प पीडितलाई ५ करोड रुपैयाँ सहयोग गर्ने बताए ।
उनले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले आगामी कात्तिक २३ र २४ गते संघले एसियन बैंकर्स कन्फरेन्स आयोजना गर्न लागेको बताए ।