एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि रु ५० लाख सहयोग गर्ने

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई आएको भूकम्पबाट प्रभावितहरूको लागि उद्धार तथा राहत वितरण गर्ने भएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख नगद
सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई २०८० कार्तिक १७ गते राती विनाशकारी भूकम्प गएको थियो ।

बैंकले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने कुरामा बैंक विश्वस्त रहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *