नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो २५ लाखको चेक
मकालु खबर
२०८० कार्तिक २१ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई २५ लाखको चेक हस्तान्तरण गरेको छ ।
बिहान अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडितहरूको सहयोगका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
यसअघि आजै बिहान नेपाली कांग्रेसले ५० लाख रुपियाँको चेक आज प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको थियो ।
मकालु खबर
२०८० कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित