शान्ति प्रक्रिया चाँडो टुंग्याउन शिर्ष नेताहरु एक ठाउँमा हुनुहुन्छ : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शान्ति प्रक्रिया चाँडो टुंग्याउने बारेमा सर्वदलीय बैठकमा नेताहरु एकमत भएको बताएका छन् ।

मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा शीर्ष नेताहरु एकमत भएको बताए ।

उनले संविधानलाई संस्थागत गर्नुपर्नेमा सबै नेताहरुले जोड दिनुभएको बताए । उनले राष्ट्रिय मद्दामा साझा धारणा बनाउने बारेमा पनि छलफल भएको बताए ।

उनले संघीयताको बिरोध गर्नेहरु पनि प्रणालीले दिएको अधिकार उपयोग गर्न पाइरहेकाले यसबाट टाढिने अवस्था नरहेको जिकिर गरे ।

उनले भने– ‘सौहाद्रपूर्ण छलफल भयो । शान्ति प्रक्रिया चाँडै टुंग्याउने कुरामा एकमत छ । लोकतान्त्रिक मूल्य र मान्यता र यो संविधानले लामो संघर्षबाट यो संविधान बनेको कुरा हो । यसलाई संस्थागत गर्ने कुरामा छलफल भयो । राष्ट्रिय मद्दामा साझा धारणा बनाउने बारेमा नै छलफल भयो । यी कुरामा सबै नेताहरु एकमत हुनुहुन्छ । हामीमा त्रास छैन, बाहिर प्रचारमा बढाइचढाइ आएको हो । त्रासको कुरा छैन । यो प्रणालीको बिरोध गर्नेहरुले प्रणालीले दिएको अधिकार उपयोग गर्न पाइरहेका छन् । यसबाट कोही वञ्चित हुन चाहँदैनन् ।’

अर्थमन्त्री महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *