रक्सी चोरेको आरोपमा हानियो भाटा, ३८ वर्षीय लालबहादुरको मृत्यु

काठमाडौँ । कैलालीको धनगढीमा मदिरा चोरी गरेको निहुँमा युवकको हत्या गरिएको छ । धनगढी उपमहानगरपालिका-१६ बेहडाबाबा नजिकै बाँसको लाठी प्रहार गरेर सोही ठाउँका ३८ वर्षीय लालबहादुर थापाको हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले स्थानीय व्यापारी कृष्ण सेट्टीले बाँसको भाटाले प्रहार गरेपछि बेहोस भएका थापा मृत अवस्था अवस्थामा फेला परेको जानकारी दिए । उनका अनुसार सोमवार दिउँसो मदिरा चोरी गरेको आरोपमा बाँसको भाटाले थापामाथि सेट्टीले कुटपिट गरेका थिए । कुटपिटबाट बेहोस भएका थापाको घरमा मृत्यु भएको हो ।

बेहडाबाबामा पसल सञ्चालन गर्दै आएका सेट्टीले आफ्नो पसलबाट मदिरा चोरी गरेकाले थापामाथि कुटपिट गरेको स्वीकार गरेको प्रहरीको भनाई छ । सेट्टीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ भने मृतक थापाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *