धरानमा विमानस्थल निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन
मकालु खबर
२०८० कार्तिक २३ गते
काठमाडौँ । धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको निर्देशनमा नेपाल नागरिक उड्ययन प्राधिकरणले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
प्रबन्धक ई.नलबिक्रम थापाको संयोजकत्वमा उक्त कार्यदलमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य छन् ।
कार्यदललाई विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरि यथासक्य छिटो प्रतिवेदन बुझाउन भनिएको छ ।
मकालु खबर
२०८० कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित