अब बुझ्ने मानिसहरू कसैले पनि डिजेल पेट्रोलबाट चल्ने सवारी साधन किन्दैनन् : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रने सबै ब्रान्डका विद्युतीय सवारी सावरी साधनलाई अनुमति दिन आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा भएको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल सफ्टवेयर सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् ।

उनले सरकारले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति लिनु गलत भएको बताए । उनले नेपालमा जुनसुकै ब्रान्डका ट्याक्सी आएपनि त्यो सबैलाई सहमति दिन आवश्यक रहेको बताए ।

उनले नेपालमा व्यवसायीहरूले जुन ट्याक्सी ल्याउँछु भने पनि सबैलाई सहमति दिन आवश्यक रहेको बताए । उनले एक जनालाई मात्रै मानोपोली गर्न दियो भने त्यसको लागत र मूल्य सबै माथि रहने बताए ।

उनले विद्युतीय सवारी साधनहरूलाई पनि सडक अनुमति पत्र खुला गर्न आवश्यक रहेको बताए । उनले सरकारले जुनसुकै ब्राण्डको ट्याक्सीहरूलाई पनि अनुमति दिने र पेट्रोलबाट चल्ने ट्याक्सीलाई विद्युतमा प्रतिस्थापनको लागि केही सहुलियत दिन आवश्यक रहेको बताए ।

निर्देशक घिसिङले नेपालमा १०० वटा सवारी साधन भित्रँदा ७० वटा विद्युतीय सवारी साधन मात्रै भिक्र्न थालेको बताए । उनले अहिलेसम्म १० देखि १५ हजार विद्युतीय सवारी साधन भित्रिएको बताए ।

उनले पछिल्लो समय हरेक रुटमा विद्युतीय सार्वजनिक माइक्रो बस पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भन्दा विद्युतीय सवारी साधनको लागत १५ गुणा सस्तो रहेको बताए । उनले अब बुझ्ने मानिसहरू कसैले पनि डिजेल पेट्रोलबाट चल्ने सवारी साधन नकिन्ने बताए ।

उनले विद्युतीय सवारी साधन मात्रै सञ्चालन गर्न सके ६ खर्बको आयातलाई २० अर्बको विद्युत खपत गर्दा पूर्ण रुपमा आयात प्रतिस्थापन हुने बताए । उनले ५ खर्बको डिजेल पेट्रोल आयातलाई बन्द गर्ने र ७ खर्बको निर्यात गर्ने हो भने नेपालको व्यापार घाटा शून्यमा झार्न सकिने बताए । उनले व्यापार घाटामा नेपाल पोजेटिभतिर जाने बताए ।

उनले भने ‘दसैँमा एकैदिन प्राधिकरणले बनाएका चार्जिङ स्टेसनहरूमा २ हजार विद्युतीय सवारी साधनहरूले जाँच गरे । देशभरमा सबै चार्जिङ स्टेसन सवारी साधनहरू भरिभराउ छन्। नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनहरूको इन्ट्री भएको छ । नेपालमा १०० वटा सवारी साधन भित्रिदा ७० वटा विद्युतीय सवारी साधन मात्रै भित्रने गरेको छ । अहिलेसम्म १० देखि १५ हजार विद्युतीय सवारी साधन भित्रिएका छन् । अहिले हरेक रुटमा विद्युतीय सार्वजनिक माइक्रो बस चलेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भन्दा विद्युतीय सवारी साधनको लागत १५ गुणा सस्तो हुन्छ । अब बुझ्नेहरू कसैले पनि डिजेल पेट्रोलबाट चल्ने सवारी साधन किन्दैन । विद्युतीय सवारी साधन नै हो ६ खर्बको आयातलाई २० अर्बको विद्युत खपत ग¥यो भने पूर्णरुपमा आयात प्रतिस्थापन हुन्छ । ५ खर्बको डिजेल पेट्रोल आयातलाई बन्द गर्ने र ७ खर्बको निर्यात गर्ने हो भने नेपालको व्यापार घाटा शून्य हुन्छ । व्यापार घाटामा नेपाल पोजेटिभ तिर जान्छ । ठूलो ट्रान्सफरमेशन विद्युतबाट हुन्छ । इड्राइभ नेपालले गरेको काम ठूलो हो । जुन अहिले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चल्ने गरी सहमति दिने नीति लिएको छ । त्यो गलत छ । जति पनि ट्याक्सी आउँछ त्यो सबैलाई सहमति दिनुपर्छ । नेपालमा व्यवसायीहरूले जुन ट्याक्सी ल्याउँछु भन्नुहुन्छ त्यो सबैलाई सहमति दिनुपर्छ । एक जनालाई मात्रै मानोपोली गर्न दियो भने त्यसको लागत सबै माथि जान्छ । विद्युतीय सवारी साधनहरूलाई पनि सडक अनुमति पत्र खुला गरौं । जुन सुकै ब्राण्डको ट्याक्सीहरूलाई पनि अनुमति दिऔँ । पेट्रोलबाट चल्ने ट्याक्सी प्रतिस्थापनको लागि केही सहुलियत दिनुपर्छ ।’

उनले विगतमा केही वर्षअघि विद्युत खपत कम गर्ने योजना बनाउनुपर्ने अवस्था रहेपनि अहिले नेपालमा उत्पादित भएको विद्युत लिइदिनुपर्यो भनेर भारत र बंलादेशसँग आग्रह गर्नुपर्ने अवस्थामा रहेको बताए ।

उनले विद्युतको क्षेत्रमा विगतको भन्दा विपरीत उल्टो अवस्थामा रहेको बताए । उनले विद्युतीय सवारी साधनलाई सबैले प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *