अपहरणको १२ दिनपछि मुक्त भए फुटबलर डियाजका बुबा

काठमाडौँ । लिभरपुलबाट खेल्ने कोलम्बियाका फुटबलर लुइस डियाजका अपहरण गरिएका पितालाई अन्ततः रिहा गरिएको छ । डियाजका पिता लुइस मान्युएल डियाजलाई अपहरण गरेको १२ दिनपछि संयुक्त राष्ट्रसंघको कमिटीको रोहभरमा रिहा गरिएको हो ।

५८ वर्षीय डियाजलाई कोलम्बियाको ईएलएन गुरिल्ला समूहले अपहरण गरेको थियो । यो गुरिल्ला समूहले डियाजका आमा बाबु दुवैलाई अपहरण गरेपनि आमालाई तुरुन्तै छोडेको थियो । कोलम्बियाको विद्रोही समूहले यसअघि नै डियाजको अपहरण एक गल्ती भएको बताएको थियो ।

यसअघि कोलम्बियन सरकारले डियाजको रिहाइका लागि करिब ६५ लाख रकम दिने घोषणा गरेको थियो । डियाजलाई अक्टोबर २८ मा कोलम्बियाको बर्रानकास क्षेत्रबाट अपहरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *