यसरी टुंगियो कोशीमा सत्ताको भागबण्डा

कोशी प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय भागबण्डा टुंगिएको छ। शनिबार दिउँसो बसेको सत्ता गठबन्धन दलको बैठकमा मन्त्रालय भागबण्डाबारे सहमति जुटेको सत्ता गठबन्धन दलका एक नेताले जानकारी दिए ।

सहमतिअनुसार नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, नेकपा (माओवादी केन्द्र) ले ४ मन्त्रालय तथा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) ले १/१ मन्त्रालय पाउनेछन् ।

सरकारमा अहिले कांग्रेसबाट शमशेर राई, माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल जवेगु मन्त्री छन्। सहमतिअनुसार अब कांग्रेसबाट थप दुई जना, माओवादीबाट २ जना र जसपाबाट एक जना मन्त्री बन्नेछन्।

मन्त्रिपरिषद तिहारपछि विस्तार गर्ने पनि दलहरूले सहमति गरेका छन् । कुन दलले कुन मन्त्रालय पाउने भन्नेबारे भने टुंगो लाग्न बाँकी छ ।

कांग्रेसबाट विद्रोह गरेर केदार कार्की कोशीको मुख्यमन्त्री बनेका थिए। । उनलाई मुख्यमन्त्री बनाउन सघाएको नेकपा (एमाले) भने कात्तिक १८ गते सरकारबाट बाहिरिइसकेको छ ।

मुख्यमन्त्री कार्कीले सहमतिविपरित माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याएको भन्दै एमाले सरकारबाट बाहिरिएको थियो ।

सरकारबाट बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *