केनको जादु जारी, दुई गोल गर्दै बायर्नलाई जिताए
मकालु खबर
२०८० कार्तिक २६ गते
काठमाडौँ । बायर्न म्युनिखले जर्मनी बुण्डेसलिगा अन्तर्गत हेइडेनहेइमलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले हेइडेनहेइमलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
बायर्न म्यूनिखको जितमा ह्यारी केनले २ गोल गरेका थिए । केनले बायर्नका लागि लिगका ११ खेलमा कुल १७ गोल गरेका छन् र गत सिजनमा गोल्डेन बुट बिजेताले गरेको गोलको बराबरी गरेका छन् ।
त्यसैगरी यस खेलमा बायर्नका लागि राफेल गुरेइरो र एरिक म्याक्सिमले एक एक गोल गरेका थिए । त्यस्तै हेइडेनहेइमका लागि टिम क्लेइनडीइन्स्ट र् जान निक्लासले एक एक गोल गरेका थिए ।
यो जितपछि बायर्न जर्मनी लिगको शिर्ष स्थानमा उक्लिएको छ । बायर्नको ११ खेलमा २९ अंक भएको छ । त्यस्तै हेइडेनहेइमको भने ११ खेलमा १० अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।
मकालु खबर
२०८० कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित