सुदूरपश्चिम सरकारले दीपेन्द्रलाई ६ लाख दिने, सन्दीप र विनोदलाई कति ?

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना प्रदेशका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

नेपाललाई विश्वकपमा पुर्याउदाका आफ्ना प्रदेशका तीन खेलाडीलाई सुदूर सरकारले सम्मान गर्ने निर्णय लिएको हो ।

दीपेन्द्रले भने १ लाख अन्य खेलाडीको तुलनामा बढी पाउनेछन् । एक महिना अघि दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै कहिल्यै नतोडिने अर्धशतकको विश्व कीर्तिमान बनाएका थिए । त्यही विश्व कीर्तिमानको कारण उनले एक लाख बढी पाउनेछन् ।

सुदूर सरकारले यसअघि पनि आफ्ना खेलाडीलाई सम्मान गर्दै आएको छ । यसअघि यू१९ टोलीलाई विश्वकपमा पुर्याउदा र आइसिसी विश्वकप लिग २ मा जित हात पार्दा नगद पुरस्कारले सम्मान गरेको थियो ।

विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको १५ सदस्य टोलीमा दीपेन्द्र, सन्दीप जोरा र विनोद भण्डारी मात्रै थिए । नेपाली क्रिकेट टोलीलाई क्यानले ५० लाख रुपैयाँ दिने भएको छ । नेपाल सरकारलाई जनही १३ लाख रुपैयाँ दिन राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले सिफारिस गरि सकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *