क्लिनिकमा सुई लगाएलगत्तै ४ वर्षीय सम्राटको ज्यान गयो

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका-५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका क्रममा मृत्यु भएका बालकका परिवारजनले क्लिनिक सञ्चालकमाथि कारबाही र क्षतिपूर्तिको माग पूरा नभएसम्म शव नउठाउने अडान लिएका छन् ।

ज्वरो आएपछि मंगलबार साँझ डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी नगरपालिका-५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाई नवीन धामीले सुई लगाएलगत्तै मृत्यु भएको थियो ।

सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्‍याएका थिए । त्यहाँ पुर्‍याउनुअघि नै बालक ऐरको मृत्यु भइसकेको थियो । मृतकका परिवारजनले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै शव उठाउन नमानेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधवार दिनभरी पनि सहमति जुट्न सकेन । बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसँगै क्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *