टिकटक प्रतिबन्धको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने
मकालु खबर
२०८० मंसिर १ गते
काठमाडौँ । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतले पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै ४ मंसीर (आगामी सोमबार) का लागि पहिलो पेशी तोकेको हो ।
एकजना न्यायाधीशको एकल इजलासमा प्रारम्भिक मुद्दाको सुनुवाइ हुनेछ ।
रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।
मकालु खबर
२०८० मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित