बैंकहरूको नयाँ ब्याजदर लागू : एउटा बैंकलेले ब्याज बढाउँदा, अधिकांशले घटाए
काठमाडौँ । आजबाट वाणिज्य बैङ्कहरूको नयाँ ब्याजदर लागू भएको छ ।
बैङ्कहरूले मंसिर महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरी लागू गरेका हुन् । वाणिज्य बैङ्कहरूमा अधिकांशले बैंकको ब्याजदर घटाएका छन् ।
कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन् ।
कात्तिक महिनामा बैङ्कहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ९.९६४ प्रतिशत र संस्थागत निक्षेपतर्फ ७.८५२६ प्रतिशत रहेको रहेको थियो । व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाउँदा एउटा बैंकले मात्रै ब्याजदर बढाएको छ ।
कात्तिक महिनाकै ब्याजदरलाई कायम राख्ने बैङ्कहरू ६ वटा बैङ्क छन् । माछापुच्छ्रे बैंकले भने केही प्रतिशत ब्याजदर वृद्धि गरेको छ । कात्तिकमा माछापुच्छ्रेले व्यक्तिगत निक्षेपतर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको थियो । तर मङ्सिरका लागि लागि भने बैंकले व्यक्तिगत र संस्थागततर्फ क्रमशः १०.६०३ प्रतिशत र ८.६०३ प्रतिशत कायम गरेको छ ।
माछापुच्छ्रे बैंकले मंसिरमा बचतमा ५.६० देखि ८.६० प्रतिशत ब्याज दिने भएको छ । मंसिरमा ब्याजदर घटबढ नगर्नेमा नेपाल बैङ्क, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैङ्क छन् ।
यी बैंकले भने कात्तिकको ब्याजदरलाई निरन्तरता दिने भएका छन् । स्ट्याण्डर्ड चार्टर बैंकले मङ्सिर महिनामा व्यक्तिगत निक्षेपतर्फ ८.९७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले व्यक्तिगततर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत, कृषि विकासले व्यक्तिगततर्फ ९.५१२ प्रतिशत र संस्थागततर्फ ७.५१२ प्रतिशत, ग्लोबल आइएमईले व्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत ब्याज दिने भएका हुन् ।
त्यसैगरि हिमालयन बैङ्क र नेपाल एसबिआईले मंसिर महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ १०.६३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत ब्याज दिने भएका हुन् ।
सबैभन्दा धेरै ब्याजदर एनआईसी एसिया बैंकले २.०३५ प्रतिशतले घटाएको छ ।
मङ्सिरका लागि बैंकले व्यक्तिगततर्फ ८.९६८ प्रतिशत र संस्थागततर्फ ६.९६८ प्रतिशत ब्याज दिने भएको हो ।
एनएमबि बैंकले व्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर कायम गरेको छ । कात्तिकको तुलनामा बैंकले ब्याजदर १.२४३ प्रतिशतले घटाएको हो ।
मङ्सिरका लागि एभरेष्ट बैङ्क, प्रभु, सानिमा, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेका छन् ।
यी बैङ्कहरूले ब्याजदर पनि गत कात्तिकको तुलनामा ०.२२४ प्रतिशतले घटेको हो ।
यहि बैंकहरुले गर्दा कठ्था को १लाख पर्ने लाई १करोड पुगेको आज गाउघर तिरको जग्गाको भाउ पनि कठ्ठा मा पाउने अहिले धुरमा परिणत भएर भाउ बढाउने काम भयो।तेस्तै गाडिहरुमा जस्को ब्यबसाय यातायात हो तेहि ब्यक्ति लाई पो लगानी गर्ने हो यी बैंक ले १०%जम्मा गर्नासाथ जुन कि गाडी के हो कसरी संचालित गर्ने भन्न सम्म थाहा नभएकालाइ लगानी गरेको कारण आज मन्दी आयो।आज बजार,जग्गा ,यातायात हरेक क्षेत्रमा जथाभावी लगानी गरेर आज देश नै डुबायो।गरिखाने मान्छेहरुको घरजग्गा सबै लिलाम हुन्छ।जति ब्याज कम गरेपनी अब बैंक शीत कारोबार गर्ने चाहिँ होइन।हाम्रै ब्याज ले चल्ने यी बैंक हरु लाई किस्ता एक महिना मात्र तिर्न ढिला हुनासाथ घरमा कल गर्ने गाली गर्ने तर्साइ किस्ता माग्ने।आज देशमा आर्थिक मन्दी ल्याएको नै बैंक नै जिम्मेवार छ।अब देश लाई चलायमान पनि यहि बैंक ले गर्नुपर्छ।नत्र न बैंक नेपालमा रहन्छ।न मन्दी हराउछ।नेपाली त जति मन्दी छाय पनि डराउनेवाला छैन।जे खाएर पनि बाच्छन।