इटाली युरो-२०२४ का लागि छनोट, रोकियो इंग्ल्याण्ड

काठमाडौँ । आगामी वर्ष जर्मनीमा हुने युरोकपको छनोटको समूह सी अन्तर्गतको खेलमा इंग्ल्याण्ड र इटाली बराबरीमा रोकिएको छ । इंग्ल्याण्ड नर्थ म्यासिडोनियासँग र इटाली युक्रेनसँग बराबरीमा रोकिएका हुन् ।

गएराति काप्चेमा भएको खेलमा इंग्ल्याण्ड नर्थ म्यासिडोनियासँग १-१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफको ४१ औं मिनेटमा इंग्ल्याण्डविरुद्ध गोल गोल गर्दै म्यासिडोनियाले अग्रता बनाए पनि सो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । उसका लागि इनिस बार्दिले गोल गरेका हुन् ।

पहिलो हाफमा इंग्ल्याण्ड एक गोलको पछि परेपछि दोस्रो हाफमा बराबरी गोल गर्‍यो । खेलको ५९ औं मिनेटमा जानी अट्नाशोभले बराबरी गोल गरे ।

गोलरहित बराबरीमा रोकिएपनि डिफेन्डिङ च्याम्पियन इटाली सन् २०२४ को युरोका लागि छनोट भएको छ । छनोटको आफ्नो अन्तिम खेलमा युक्रेनविरुद्ध तनावपूर्ण गोलरहित बराबरी खेलेपछि इटालीले जर्मनीमा अर्को वर्ष हुने प्रतियोगिताको टिकट काटेको हो ।

इटालीसँगै चेक गणतन्त्र र स्लोभेनिया पनि अबको युरोका लागि छनोट भएका छन् । प्रतियोगितामा सिधा प्रवेशका लागि इटालीलाई युक्रेनविरुद्धको खेलमा हार टार्न आवश्यक थियो । समूह ‘सी’ को यस खेलमा इटाली पराजित भएको भए, अर्को महिना हुने प्ले-अफबाट गुज्रिनु पर्ने थियो । सन् २०१८ र २०२२ को विश्वकपमा छनोट हुन असफल इटालीले सन् २०२१ को युरो भने जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *