सामसङले नेपालमा ल्यायो एस सिरिजको नयाँ मोडल ‘एस२३ एफ इ’
काठमाडौँ । सामसङ नेपालले प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ नेपालमा ल्याएको छ ।
कम्पनीका अनुसार उच्चकोटीको अनुभव प्रदान गर्न निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ इ सर्वश्रेष्ठ विशेषताहरूका साथ पूर्ण रुपमा सुसज्जित र गेमिङ्गमा रुचि राख्नेहरूका लागि यसले शक्तिशाली कार्यसम्पादन प्रस्तुत गर्दछ ।
सबैभन्दा भव्य एफ इ संस्करणको रुपमा ग्यालेक्सी एस२३ एफ इमा प्रतिष्ठित र दिगो डिजाइनहरू, एड्भान्स्ड कार्यसम्पादन, अत्याधुनिक क्यामराका साथै त्यसभन्दा अझ धेरै विशेषताहरू समेटिएको कम्पनीले बताएको छ ।
नेपालमा मिन्ट र ग्रेफाइट गरी २ रङ्गहरूमा उपलब्ध हुने यस ग्यालेक्सी एस२३ एफ इ मोबाइलको प्रि–अर्डर यही २० नोभेम्बर, २०२३ देखि नेपालभर सामसङको आधिकारिक स्टोरहरूबाट गर्न सकिन बताएको छ ।
जीवन्त डिजाइन र डिस्प्ले
ग्यालेक्सी एस२३ एफइ यसमा भएको नयाँ फ्लोटिङ क्यामरा र अझै स्लीकर डिस्प्लेको लागि सर्वश्रेष्ठ फिनिसका साथ एस सिरिजको डिजाइनलाई वास्तवमै अँगीकार गरेको कम्पनीले बताएको छ । सर्वश्रेष्ठ धातु र सिसाबाट बनाइएको ग्यालेक्सी एस२३ एप इले प्रमुख स्टाइलिस बनावट र स्पर्शलाई प्रतिबिम्बित गर्दछ । उत्कृष्ट दृश्यावलोकनको अनुभव दिलाउने गरी निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ इमा १२० हर्ज अनुकूल रिफ्रेस दरका साथ चम्किलो, अत्यन्त सरस ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ । ग्यालेक्सी एस२३ एफ इमा रहेको भिजन बूस्टर प्रविधिले स्वचालित रुपमा उज्यालो प्रकाशको अवस्थाहरु पत्ता लगाएर स्क्रीनलाई जीवन्त राख्दै डिस्प्लेलाई सहज बनाइदिन्छ ।
क्यामरा अपग्रेड
कम्पनीका अनुसार ग्यालेक्सी एस२३ एफ इमा प्रो–ग्रेड क्यामराको विशेषताहरु छन्, जसले असाधारण व्यापकताका साथ भिडियोहरु र फोटोहरु खिच्दछ जुन आज सम्म कै सबैभन्दा ठूलो क्यामरा भएको कम्पनीले बताएको छ । यसको पछाडी प्रमुख ग्रेडको ५० एमपि (डब्लु) र १२ एमपि (युडब्लु) र ८ एमपि (ओआइएस) युक्त ३ गुणा ठूलो अप्टिकल जूम सहितको क्यामरा जडान गरिएको छ, जसले चम्किलो र आकर्षक फोटोहरु खिचेर हरेक पललाई जीवन्त बनाइदिन्छ । ग्यालेक्सी एस२३ एफ इमा नाइटोग्राफि विशेषताले तपाईंलाई अँध्यारोमा पनि जीवनजस्तै रङ्गहरुमा सेल्फि र पोट्रेट प्रष्ट खिच्न मद्दत गर्छ । एड्भान्स्ड डिजिटल इमेज स्टेबलाइजेसन (भिडिआइएस) का साथ प्रयोगकर्ताहरुले अप्टिकल इमेज स्टेबलाइजर (ओआइएस) कोणमा पछाडीको क्यामरा प्रयोग गरेर चालु रहेकै समयमा स्थिर सट लिन सक्दछन् ।
प्रो मोडमा अबरोधक गति, छिद्र, आइएसओ नियन्त्रण र सहजताको लागि हस्तकृत रुपमा संयोजन गर्न सकिन्छ । ग्यालेक्सी एस२३ एफ इ क्यामरामा एआइ शक्ति प्रदत्त टुलहरु रहेका छन्, जसले चालु रहेकै समयमा रचनात्मक बनाउने स्वतन्त्रता र अनुकूलन गर्न दिई तपाईंको सटहरुलाई उत्कृष्ट तुल्याउनेछ ।
गेमिङ्गका पारखीहरुलाई प्रभावित पार्ने पावरहाउस
ग्यालेक्सी एस२३ एफ इमा सर्वोत्कृट र भरपर्दो कार्यसम्पादनको लागि भव्य ४एनएम चिपसेटको पावर दिइएको कम्पनीले बताएको छ, जुन भव्य अनुभवहरुका लागि एक ठोस मेरुदण्ड हो । गेमिङ्ग र स्ट्रिमिङ्गको लागि ग्यालेक्सी एस२३ एफ इको शक्तिशाली प्रोसेसरले भेपर चेम्बर, जसले ताप नियन्त्रण गर्न र कार्यसम्पादनलाई एक समान राख्न मद्दत गर्दछ, त्यसको साथमा हरेक कार्यलाई तीव्र र तरल बनाइदिन्छ । यो रेट्रेसिङका साथ पनि आउँछ, एक त्यस्तो ग्राफिक चित्रण गर्ने प्रविधि जसले गेमलाई वास्तविक संसारको जस्तै प्रतिबिम्बहरु, प्रकाशहरु र छायाँहरु देखाउँछ । धेरै समय चल्ने, २५ वाटको एडप्टरका साथ केवल ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने ४५०० एमएएच ब्याट्रीले ऊर्जाको बचत गर्न सहजै संयोजन गर्दछ ।
मेमोरी विविधता, मोल र उपलब्धता
ग्यालेक्सी एस२३ एफ इ प्रभावकारी ८ जिबि र्याम र २५६ जिबिको स्टोरेजमा उपलब्ध भएको कम्पनीले जनाएको छ । मिन्ट र ग्रेफाइट रङ्गहरुमा पाइने ग्यालेक्सी एस२३ एफ इ चाँडै नै देशभरका आधिकारिक सामसङ स्टोरहरुमा उपलब्ध हुनेछ । ग्राहकहरुले स्टोरमा आफै उपस्थित भएर यही २० नोभेम्बर, २०२३ देखि अग्रीम अर्डर गर्न सक्नेछन् । यो मोबाइलको मुल्य रु.८५,९९९/ तोकिएको छ ।
एस२३ एफ इ शुन्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध हुनेछ । ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक रु.४,३००/ किस्ता तिरेर नयाँ ग्यालेक्सी एस२३ एफ इलाई आफ्नो बनाउन सक्नेछन् ।
सामसङले एक वर्षको लागि १ पटकको ब्रेकेज बीमा प्रदान गरेको छ भनें आफ्नो सामसङ फोनको अपग्रेड गर्न इच्छुकहरुका लागि एक्सेञ्ज सुविधा पनि प्रदान गरिएको छ ।