गोल्याण ग्रुप र प्राधिकरण बीच ‘अपर बलेफी जलविद्युत परियोजना’ खरिद सम्झौता
काठमाडौँ । गोल्याण ग्रुपले नेपाल विद्युत् प्राधिकरणसँग ऊर्जा विभाग अन्तर्गत सञ्चालनमा रहेको अपर बलेफी जलविद्युत परियोजना (४६ मेगावाट) विद्युत खरिद सम्झौता (पि पि ए) गरेको छ ।
कम्पनीले नेपालमा ऊर्जाको दिगो समाधानको लागी एक महत्पूर्ण खुड्किला पार गरेको बताएको छ ।
उक्त परियोजना बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्लामा अवस्थित बलेफी नदिका प्रस्तावित ‘रन अफ रिभर’ (आर ओ आर) जलविद्युत परियोजना हो ।
५ मंसिर गते मंगलबार अपर बलेफी हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरण बीच विद्युत् खरिद सम्झौता (पि पि ए) भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपर बलेफी हाइड्रोपावर लिमिटेडका अध्यक्ष उमेश कसजु बीच सम्झौता भएको थियो ।
उक्त सम्झौता गोल्याण ग्रुपको ऊर्जा विभागका प्रमूख कार्यकारी अधिकृत प्रवीण अर्याल तथा गोल्याण ग्रुपका प्रमुख वित्तीय अधिकृत संजय कुमार साहको उपस्थितिमा मा भएको हो ।
यस विद्युत् खरिद सम्झौताले देशको बढ्दो ऊर्जाको मागलाई
सफा, भरपर्दो र नवीकरणीय ऊर्जाको उत्पादन तथा वितरणले सम्बोधन गर्न प्रतिबद्धतालाई स्थायित्व दिइएको कम्पनीले जनाएको छ ।