‘बले’ को होटलमा पूर्वराजा ज्ञानेन्द्रको बास
मकालु खबर
२०८० मंसिर ९ गते
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको मेचीनगर पुगेका छन् । आज बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न शुक्रबार उनी झापा पुगेका हुन् ।
पूर्वराजा शाह शुक्रबार मेचीनगरको ईटाभट्टामा रहेको फाइभ स्टार होटल मेची क्राउनमा बसेको छन् । यो होटलका सञ्चालक ‘बले’ भनिने बलराम सापकोटा हुन् । सापकोटा झापामा केपी ओली निकट व्यवसायीका रुपमा चिनिन्छन् ।
आज बिर्तामोडको इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रम छ । कलेजले कार्यक्रमको आयोजना गरे पनि यसको तारतम्य राप्रपाले गरेको हो । पूर्वराजाको स्वागतका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनदेखि झापामै छन् ।
मकालु खबर
२०८० मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित