कांग्रेसको लेखा समितिमा चार सदस्य मनोनीत
मकालु खबर
२०८० मंसिर ११ गते
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा चार जना सदस्य मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले श्यामकुमार घिमिरे संयोजकत्वमा रहेको केन्द्रीय लेखा समितिमा सोमबार चार जना सदस्य मनोनीत गरेका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार धनुषाका दिलिप ढुंगाना, अर्घाखाँचीका डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्कीलाई लेखा समिति सदस्य मनोनीत गरिएको हो ।
सभापति देउवाले ०७९ साउनमा संयोजकमा केन्द्रीय सदस्य घिमिरेलाई मनोनीत गरेका थिए ।
सभापति देउवाले पार्टीका विभाग तथा समितिमा मनोनीत गर्दा ढिलाइ गर्ने गरेका छन्। ०७८ मंसिरमा महाधिवेशन भएको थियो ।
महाधिवेशन भएको छ महिनाभित्र विभाग तथा समिति गठन गर्नुपर्ने भए पनि देउवाले ढिला गरी केही विभाग र समिति गठन गरेका छन् ।
मकालु खबर
२०८० मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित