केएमसी र नोबेल मेडिकल कलेजलाई सामाजिक सुरक्षा दिवसमा सम्मान

काठमाडौँ । सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजलाई सम्मान गरिएको छ ।

स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये आर्थिक वर्ष २०७९र०८० मा योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजलाई सम्मानित गरिएको हो ।

सोमबार राष्ट्रिय सभागृहमा छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिं भण्डारीले दुवै मेडिकल कलेजलाई सम्मान गरेका हुन् ।

नोबेलका तर्फबाट नारायण प्रसाद दाहालले र केएमसीका तर्फबाट क्षितिज निरौलाले सम्मानपत्रग्रहण गरे ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफल बनाउन योगदान गर्ने निजी क्षेत्रलाई धन्यवाद दिए । उनले ५ लाख श्रमिकहरु सामाजिक कोषमा आबद्ध भइसकेको अवस्थामा विदेशमा रहेका नेपालीहरु र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई पनि कोषमा आबद्ध हुन अनुरोध गरे ।

२०७६ चैत ७ गतेबाट सञ्चालनमा आएको कोषले छैटौं वर्षमा आइपुग्दा ४४ अर्ब ८५ करोड रुपैयाँ संङ्कलन गरेको छ । कोषमा हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता रहेको तथा १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको छ ।

वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार ६२२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिक तर्फ ३ जना आबद्ध भएका छन् । कोषबाट सुविधा प्राप्त गर्न १२ महिनामा कम्तीमा ९ महिनाको योगदान हुनुपर्ने छ ।

सरकारले प्रत्येक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गरेको छ । सोहीअनुसार आज सामाजिक सुरक्षा दिवस मनाइएको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, अतिरिक्त योगदान र प्रतिफल गरी ६ सुरक्षा योजनामा मानिसहरू जोडिएको बताएको छ ।

प्रतिक्रिया

One thought on “केएमसी र नोबेल मेडिकल कलेजलाई सामाजिक सुरक्षा दिवसमा सम्मान

  1. डा सुनिललाई मेडिकल माफिया भन्छौ तर लु हेरर बर्षको हाई ट्याक्स पे मा पनि उनीनै अगाडी अनि आज नि उनी अगाडी !
    क्या वात डा सुनिल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *